धरान: प्रदेश नं १ स्तरीय वाई वाई एस.ई.ई. स्टेट १ सिङ्गिङ आईडल सिजन २ र डान्सिङ स्टार सिजन १ को दोश्रो चरणको अडिसन शनिबार सम्पन्न भएको छ । 

          फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफ.टि.एल.अनलाइन टिभीले आयोजना गरेको प्रतियोगिताको अडिसन धरान १६ स्थित यु.एन.कलेजको सेमिनार हलमा आइतबार सम्पन्न भएको हो । .दोश्रो चरणको अडिसनमा प्रदेस १ भरिबाट गायनतर्फ ४१ जना र नृत्यतर्फ २० गरि ६१ जना सहभागि भएका थिए। गायनमा २५ जना र नृत्यमा १४ गरि ३९ जना प्रतियोगिहरु सेमिफाईनलमा प्रवेश गरेको आयोजकले जानकारी दिएको छ। 

प्रतियोगिताको निर्णायकमा गायनतर्फ भोइस अफ नेपाल सिजन २ का फाईनलिस्ट बिकास लिम्बु र सङ्गीतकार बिनायक राई रहेका छन् । यस्तै,  नृत्यतर्फ छमछमि सिजन ३ कि फस्ट रनर अप मनिता राई र राष्ट्रिय डान्स कोरियोग्राफर पृतम साम्बाहाम्फे रहेका छन् ।

गायन र नृत्य दुबै तर्फका बिजेताले ५० हजार रुपैया नगद र प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृति, दोश्रो हुनेले ३० हजार रुपैया नगद, प्लस टु पढ्न ५० प्रतिशत छात्रबृति र तेश्रो हुनेले १५ हजार रुपैया नगद र प्लस टु पढ्न ५० प्रतिशत छात्रबृत्ति प्राप्त गर्ने प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिए। प्रतियोगीताको सेमिफाइनल जेठ २८ गते शनिबार युएन सेमिनार हलमा हुने इभेन्ट कोअर्डिनेटर तिर्थ कार्कीले जानकारी दिएका छन्।