धरान: आइतबार कार्यपालिका बैठकमा धरानको वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले सेहरा खोलामा ढुंगा गिट्टी थुप्रिदै गएर जमिनको सतह बराबर भएकोले खोलालाई तत्काल बीचमा च्यानलिङ नगरे जग्गा र वस्ती कटानको उच्च जोखिममा भएको कुरा राखेका थिए ।

उनको कुराको सुनुवाई गर्दै मेयर हर्कराज राई (साम्पाङ)ले भोलिपल्टै (सोमबार) बिहान ८ बजे स्थलगत अनुगमनमा आउने प्रतिवेद्धता जनाएका थिए । आफ्नो प्रतिवद्धता अनुसार नै आज बिहानै ८ बजे मेयर राई उपमहानगरपालिकाका ईञ्जिनियर सुरज श्रेष्ठ र योजना शाखाका किरण भुजेलसहित सेहरा खोला पुगेका थिए ।

harka-sampang-sehara2

मेयर राईले खोलामा पुगेर स्थलगतरुपमा कटानको जोखिम क्षेत्र अनुगमन गरेका थिए भने स्थानीयको जग्गा र वस्ती जोगाउनेबारे इञ्जिनियर श्रेष्ठसँग तत्कालै राय पनि मागेका थिए । साथै, उनले स्थानीयबासीहरुको पनि समस्या र धारणा बुझेका थिए । वडाअध्यक्ष भट्टराईसँगै स्थानीयले खोला धेरै चौडाई भएर बग्ने भएकोले ठेक्का नलगाए पनि बीचमा च्यानलिङ गरेर बगाउन सके क्षति नहुने धारणा राखेका थिए । 

वडाअध्यक्षले च्यानलिङ गर्दा कटान रोकिने, च्यानलिङ गर्दा निस्किएको मिक्स गिट्टीलाई वडाको बाटोमा सदुपयोग पनि गर्न सकिने भएकोले बर्षा शुरु हुनुअघि नै काम गर्न मेयर राईलाई आग्रह गरेका थिए । मेयर राईले पनि स्थलगत अनुगमन पश्चात यो बिषयमा चाडै प्रक्रियागतरुपमा निर्णय गरेर काम अघि बढाउने प्रतिक्रिया दिए । साथै, मेयर राईलाई वडाअध्यक्ष र स्थानीयले जीर्ण सडकको अवलोकन पनि गराएर निर्माणको लागि बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।

भिडियो:

harka-sehara3

harka-sehara1

harka-sampanh-sehara1