धरान: धरानको पहिलो कार्यपालिका बैठकमा भएको चर्काचर्की बहस बैठक कक्षमा मात्र सिमित भएन, सामाजिक सञ्जाल पनि तातियो । यो बहसले मेयर र वडाअध्यक्षहरुबीच तिक्तता पनि पैदा गरायो । 

जेठ २६ गते कार्यपालिका बैठक अघि मेयर हर्कराज राई (साम्पाङ)लाई काम गर्न दिनुपर्ने भन्दै प्रर्दशन हुँदा बैठक हुन सकेन । भोलीपल्ट पनि उपमहागनरपालिका गेटअघि प्रर्दशन भयो । यसले आज (आइतबार) बोलाइएको कार्यपालिका बैठक के होला ? पहिलो बैठकमा जस्तै चर्काचर्की र गरमागरम छलफल हुने हो कि ? भन्ने सबैलाई चासो र चिन्ता पनि थियो । 

2nd-karyapalika-meeting

सबैको अनुमान विपरीत कार्यपालिका बैठक भने शान्त र सौहार्दपुर्णरुपमा सम्पन्न भयो । पहिलो बैठकमा जस्तो कुनै पनि एजेण्डामा चर्काचर्की बहस भएन, र कुनै पनि एजेण्डा फेल भएन । सबै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले एजेण्डामा मेयरलाई साथ दिए । सबैले ताली बजाएर एजेण्डा पारित गरे । 

बैठकमा मेयर राईले शुरुमा एजेण्डाबारे जानकारी गराएका थिए । त्यसपछि, उपमेयर अइन्द्रबिक्रम बेघाले एजेण्डाहरुलाई बैठकमा विस्तृतरुपमा प्रस्तुत गरे । ती एजेण्डामा केही वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आफ्नो धारणा राखेर पारित गरे ।

के के भयो निर्णय ?

कार्यपालिका बैठकले नगर कार्यपालिकाको प्रवक्तामा वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)लाई मनोनयन गरेको छ । यसैगरि, सार्वजनिक भवन, पार्कहरुको राजश्व संकलनमा ठेक्का प्रकृयाको सट्टा नगरपालिका स्वयमले संकलन गर्ने एजेण्डा पनि पारित भएको छ ।

यस्तै, आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा खानेपानी तथा सरसफाईलाई प्राथमिकताको आधार बनाउने निर्णय पनि बैठकले गरेको छ । साथै, पुर्वाधार विकास, पर्यटन, कृर्षि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद् व्यवस्थापनलाई पनि बजेट तथा कार्यक्रम तर्जुमा गर्दा प्राथमिकता दिने निर्णय बैठकको छ ।

2nd-karyapalika

बैठकले बैशाख ३० गते निर्वाचनबाट निवार्चित भएका वडा सदस्यहरुसहितको परिचयात्मक बैठक असार २ गते उद्योग वाणिज्य संघको हलमा गर्ने एजेण्डा पनि पारित गरेको छ । यस्तै, विभिन्न न्यायिक तथा अर्ध न्यायिक निकायहरुमा फिराद गर्नुपर्दा र नगर कार्यपालिका विरुद्ध परेका फिरादहरुको प्रतिरक्षा सम्बन्धी सम्पुर्ण कार्वाही गनृ नगर प्रमुखलाई अधिकार प्रत्योजन गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । 

यसैगरि, चोकको नामकरण सम्बन्धमा वडा नं १५ को वडाअध्यक्षसँग राय परार्श लिएर निर्णय भएको छ । धरानको आर्थिक बर्ष २०७८, ७९ को नगरसभा (बर्खे अधिवेशन) असार ८ गते आहवान गर्ने पनि निर्णय भएको छ । विविध एजेण्डामा विभिन्न वडाका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आफ्नो वडाका समस्याहरुको उठान गरेका थिए ।

भिडियो: