धरान: काठमाण्डौं लगायत ठुला सहरहरुलाई टाउको दुःखाई भइरहेको फोहोर व्यवस्थापन धरानमा भने ती सहरहरुको लागि अनुकरणीय भएको छ ।

यहाँको फोहोरबाट बायो ग्याँस उत्पादन भएको छ, र त्यो ग्याँसबाट ६ वटा टेम्पो चलिरहेको छ । वधरानको फोहोरबाट कसरी ग्याँस उत्पादन हुन्छ ? आइतबार धरान ६ पानवारीस्थित एभरेष्ट चिल्ड्रेन होम सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरु पनि अवलोकन गर्न पुगे । विद्यार्थीहरुलाई भेन्चर वेष्ट टु इनर्जी प्रालिका दिपेश महर्जनले ग्याँस उत्पादन प्रक्रियाबारे यसरी प्रष्ट्याएका थिए:

fohor3

'यहाँ धरानबाट सोलिड फोहोर नगरपालिकाको ट्याक्टरबाट ल्याइन्छ, त्यसलाई हामी एमएसडब्लु (म्युनिसिपल सोलिड वेस्ट) भन्छौं । पहिला एमएसडब्लुलाई कुहिने र नकुहिने गरी छुट्याउने गछौ । कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन गरिन्छ । फोहोर छुट्याउने ठाउँमा चुम्बक पनि छ, त्यसले आइरनहरु तान्छ । मानिसले छुट्याउन नसकिने आँखाले नदेखेको मेटलहरु पनि चुम्बकले तानिदिन्छ । नकुहिने फोहोर २ खालको हुन्छ, पुनःप्रयोग गर्न मिल्ने र पुनःप्रयोग गर्न नमिल्ने गरी छुट्याउछौं । पुनः प्रयोग गर्न नमिल्ने फोहोरलाई चै डम्प गरिदिन्छौं ।

fohor1

अर्गानिक कुहिने फोहारलाई पानीसँग मिसाएर पेल्छौं, र १५ वटा ठुला ठुला टंकीहरु छन्, त्यसलाई डाइजेस्टर भनिन्छ । त्यहाँ पम्प गरिदिन्छौ । त्यहाँ बायोकेमिकल रियाक्सन हुन्छ । ब्याक्टेरियाहरुले अर्गानिक फोहोरलाई उपभोग गर्छ, र बायो ग्याँस मिथेन, कार्बनडाइअक्साइड उत्पादन गरिदिन्छ । त्यसलाई बेलुनमा स्टोर गछौं । त्यो ग्याँसलाई सुद्धिकरण गरिदिन्छौं, र टेम्पोमा प्रयोग गछौं । अहिले धरानको टेम्पोमा प्रयोग भइरहेको छ । यसरी फोहोरबाट हामीले बायो ग्याँस उत्पादन गछौं, त्यसलाई सुद्धिकरण गरेर टेम्पोमा प्रयोग गछौं । त्यो ग्याँसलाई सिएनजि (कम्प्रेस नेचुरल ग्याँस) भनिन्छ ।

fohor2

अहिले दैनिक करिब १० ट्याक्टर आइरहेको छ, त्यो भनेको २४, २५ टन आइरहेको छ । अहिलेसम्म नगरपालिकाले ल्याइरहेको छ, अब हामीले नै ल्याउने प्रक्रिया भइरहेको छ । डाइजेस्टरबाट उत्पादन भएको बायो ग्याँसमा ६०, ६३ प्रतिशत मिथेन हुन्छ, र ३३ प्रतिशत जति कार्बनडाइअक्साइड पनि हुन्छ, र अरु ग्याँसहरु पनि हुन्छ । डाइजेस्टरमा उत्पादन भएको कालो बेलुनमा जान्छ ।

मिथेनलाई सुद्धिकरण गछौं, र ६०, ६३ प्रतिशतबाट ९० प्रतिशत बनाइदिन्छ । त्यसपछि मात्र गाडीमा प्रयोग गर्न मिल्छ । कम्प्रेसरको मद्दतले सिलिण्डरमा भरिदिन्छौं, र भोटेपुलमा स्टेशन छ, त्यहाँ ट्रान्सपोर्ट गछौं । टेम्पोमा हाल्छौं । धरानमा टेम्पो ६ वटा चलिरहेको छ । क्षमता ३ सय बढीलाई पुग्छ । टेम्पोहरुमा ग्याँस सिलिण्डर राख्न यातायातबाट किट कन्भर्ट गर्न स्वीकृत गर्नुपर्छ, राजपत्रमा निस्किसक्यो, अब स्वीकृत हुन बाँकी छ । त्यसपछि अन्य टेम्पोले पनि हाल्न अनुमति पाउछ । 

fohor

हरेक दिन ग्याँस उत्पादन भयरहेको हुन्छ । ब्याक्टेरियाले सबै खादैन, बाँकी रहेको ओभर फ्लो भएर टंकीमा आउछ । सोलिड लिक्विड सेपरेट गर्ने फिल्टर प्रेस सिस्टम छ । सोलिड र लिक्विड छुट्याउछौं, सोलिडबाट अर्गानिक मल उत्पादन गछौं । र पानीलाई फेरि अर्गांनिक फोहोरसँग मिलाउछौं । पानी बाहिर फालिदैनौं, यही उपयोग हुन्छ, दुर्गन्ध फैलिदैन ।' 

भिडियो: