धरान: ड्रिम मोड्लिङ एजेन्सीको आयोजनामा हुन गइरहेको जुनियर मिस्टर एण्ड मिस धरान, सिजन टुको मिस्टर एण्ड मिस ट्यालेन्ट उपाधिको लागि ट्रयालेन्ट राउण्ड संपन्न भएको छ ।

     धरान १६ सियोन स्कुलको सभाहलमा शनिवार भएको ट्यालेन्ट राउण्डमा ४५ जना वालवालिकाले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । सहभागी प्रतिस्पर्धीहरुमा पुरुष तर्फ ७ जना र महिला तर्फ ३८ जनाले सहभागिता जनाएका छन् । ट्यालेन्ट राउण्डमा सहभागिहरुले गायन, नृत्य प्रस्तुति, कविता वाचन, अभिनय, पेन्टिङ्ग र स्पिच मार्फत आफ्नो प्रतिभा देखाएका हुन् । उनीहरु मध्ये उत्कृष्टलाई मिस्टर एण्ड मिस ट्यालेन्टको उपाधि विजेता घोषित गरिनेछ । ट्यालेन्ट राउण्डमा गायक डिल्ली फोम्वो, मोडल मेरिना तुम्सा, धरान मेघा कलेजका होटल म्यानेजमेन्ट विभागका कोअर्डिनेटर पोषण श्रेष्ठ, भोजपुरी नायीका मेनुका माझी र नृत्य प्रशिक्षक रिमा थपा मगर निर्णायकको रुपमा रहेकी थिइन् । 

उपाधि विजेताको घोषणा प्रतियोगिताको फिनालेको दिन गरिने आयोजक ड्रिम मोडलिङ्ग एजेन्सिका सिइओ सौरभमान भण्डारीले जानकारी दिए । प्रतिस्पर्धामा सहभागिहरुको क्षमता विकासका लागि आयोजकले करिव एक महिना अघिदेखि विभिन्न क्षमता अभिवृद्धि तालिम दिइरहेको सिइओ भण्डारीले बताए । स्टेज पर्फमको लागि कोरियोग्राफि तालिम, टेवल म्यानर, पव्लिक स्पिकिङ्ग, व्यक्तित्व विकास, डान्सिङ्ग र सिङ्गिङ तालिम, व्याड टच, गुड टच, एजुकेशनल टुर, सेल्फ डिफेन्स तालिम लगायत प्रशिक्षण दिइरहेको इभेन्ट डाइरेक्टर निश्चल पलिखेले जानकारी दिए ।

      प्रतियोगिताका विजेताले क्राउन, १५ हजार रुपैया नगद, ट्रफि, सर्टिफिकेट, गिफ्ट ह्याम्पर र ३ लाख रुपैया वरावरको लाइफ इन्सुरेन्स प्राप्त गर्नेछन् । फस्ट रनरअपले नगद १० हजार, २ लाख रुपैया वरावरको इन्सुरेन्स, सेकेन्ड रनरअपले नगद ५ हजार, एकलाख रुपैया बराबरको इन्सुरेन्स, ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । उपाधि विजेताले सिधै जुनियर मिस्टर एण्ड मिस नेपाल भिड्ने अवसर समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वर्ष देखि १४ वर्ष सम्मकाहरुले सहभागिता जनाएको छ । कार्यक्रमको ग्राण्ड फिनाले श्रावण २८ गते सनिवार हुनेछ ।