धरान: वालवालिकाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा सहयोग पुर्याउने उद्देश्यले मोड्लिङ्ग एजेन्सिको आयोजनामा हुन गइरहेको जुनियर मिस्टर एण्ड मिस धरान, सिजन २ को ग्राण्ड फिनाले साउन २८ गते शनिवार हुने भएको छ।

   धरान १० पुतलीलाइनस्थित ज्वाँइखानाको हलमा बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्रतियोगितामा ७ जना पुरुष र ३७ जना महिला गरि ४४ जना बालबालिकाहरुले सहभागिता जनाएको छ।  

प्रतिस्पर्धामा सहभागीहरुको क्षमता विकासका लागि आयोजकले करिव एक महिना अघिदेखि उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिम दिइरहेको छ । उनीहरुलाई स्टेज पर्फमको लागि कोरियोग्राफि तालिम, टेवल म्यानर, पव्लिक स्पिकिङ्ग, व्यक्तित्व विकास, डान्सिङ्ग र सिङ्गिङ तालिम, व्याड टच, गुड टच, एजुकेशनल टुर, सेल्फ डिफेन्स तालिम लगायत प्रशिक्षण दिइरहेको आयोजक ड्रिम मोडल एजेन्सिका सिइओ सौरभमान भण्डारीले जानकारी गराए ।

      प्रतियोगिताका विजेताले क्राउन, १५ हजार रुपैया नगद, ट्रफि, सर्टिफिकेट, गिफ्ट ह्याम्पर र ३ लाख रुपैया बराबरको लाइफ इन्सुरेन्स प्राप्त गर्नेछ । त्यस्तै गरि फस्ट रनरअपले नगद १० हजार, २ लाख रुपैया वरावरको इन्सुरेन्स, सेकेन्ड रनरअपले नगद ५ हजार, एकलाख रुपैया वरावरको इन्सुरेन्स, ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । उपाधि विजेताले सिधै जुनियर मिस्टर एण्ड मिस नेपाल भिड्ने अवसर समेत प्राप्त गर्ने कार्यक्रम संयोजक निश्चल पलिखेले वताए । प्रतियोगितामा ७ वर्ष देखि १४ वर्ष सम्मकाहरुले सहभागिता जनाएको छ । कार्यक्रमको ग्राण्ड फिनाले १३ जिरो पोइन्ट स्थित धरान वेन्कुइटमा हुनेछ ।