धरान: ड्रिम मोडलिङ्ग एजेन्सीले आयोजना गरेको जुनियर मिस्टर एण्ड मिस धरान सिजन २ को उपाधि शिशिर विश्वकर्मा र अमिशा चौधरीले  जितेका छन् ।

धरान १३ स्थित धरान वेन्क्युटमा शनिवार आयोजित ग्राण्ड फिनालेमा जुनियर मिस्टर एण्ड मिस धरान सिजन २ को विजेता चुनिएकी हुन् । त्यस्तै गरि जुनियर मिस्टर तर्फ फस्ट रनरअप आशिष नेपाली र सेकेण्ड रनरअप जेसन आचार्य घोषित भए । जुनियर मिस धरान तर्फ फस्ट रनरअप श्रृष्टि विश्वकर्मा र सेकेन्ड रनरअप नामसाङ राई घोषित भए ।

जुनियर मिस्टर एण्ड मिस धरानका विजेताले क्राउनसहित जनहि १५ हजार रुपैया, प्राइम लाईफ इन्स्योरेन्सको ५ लाख वरावरको इन्सोरेन्स, ट्रफि ,प्रमाणपत्र र गिप्mट ह्याम्पर प्राप्त गरेका छन् । फस्ट रनरअपले जनहि १० हजारको रुपैया, ट्रफि, ३ लाख वरावरको इन्स्योरेन्स, प्रमाणपत्र , गिफ्ट ह्याम्पर र सेकेन्ड रनरअपले जनहि ५ हजार, २ लाख वरावरको इन्स्योरेन्स, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ । विजेता तथा उपविजेताहरुलाई जुनियर मिस्टर एण्ड मिस धरान सिजन वानका विजेताहरुले क्राउन पहिराइ दिएका थिए भने मुख्य निर्णायक मिस नेपाल २०१७ निकिता चन्दक, निर्णायक सुमन खड्का, आयोजक ड्रिम मोडल एजेन्सिका सिइओ सौरभराज भण्डारि, कार्यक्रम संयोजक निश्चल पलिखे लगायतले पुरस्कार वितरण गरेका थिए ।

junior2

 यसै गरि प्रतिस्पर्धाको व्याक्तिगत विद्यामा पुरुष तर्फ मिस्टर पपुलर उपाधि शिशिर विश्वकर्मा, वेष्ट डिस्पिलिनमा प्रिन्स राई, वेष्ट पर्सानालिटि युगल लिम्बू, वेष्ट ड्रेस जसम आचार्य, वेष्ट वक आशिष नेपाली र पव्लिक च्वाइस शन्तोन राई घोषित भए । त्यस्तै गरि जुनियर मिस अवार्ड वेष्ट स्माईलमा उपासना कटुवाल, वेष्ट स्टाइलिसमा एलिसा राई, वेष्ट ड्रेस एण्ड वकमा मेनुका कार्की, वेष्ट फिगर प्रतिशा शाक्य, वेष्ट डिसिप्लिनमा आयुषा तामाङ, वेष्ट मोडल आईसा अधिकारि, मिस ट्यालेन्ट नाम्साङ राई र पव्लिक च्वइसमा सुदिक्षा चौधरी, वेष्ट आईकन नुरङ राई घोषित भए । उनीहरुलाई ट्रफि र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

कार्यक्रमको मुख्य निर्नायकको रुपमा मिस नेपाल २०१७ निकिता चन्दक, फेसन स्टाइलिस्ट मुमन खड्का, काजि प्रोडक्सनका सिइओ सुसान्तकाजि श्रेष्ठ, इन्टरनेसनल मोडल ग्यालेटसेन शेर्पा र चलचित्र महासंघ प्रदेश १ अध्यक्ष अरुण प्रधान रहेका थिए । कार्यक्रममा  प्रमुख अथिति धरान ईलाका प्रशासन कार्यलय प्रमुख चुडाराज भट्टराई, विशेष अतिथि नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राई, धरान ३ नम्बर वडाध्यक्ष विद्या शाक्य, ९ नम्बर वडाध्यक्ष रुपेश आचार्य, १६ नम्बर वडाधयक्ष मुरारी भट्टराई, धरान इलाका प्रहरी कार्यलय प्रमुख वुद्ध श्रेष्ठ, सशस्त्र प्रहरी वल धरानका डिएसपी वुद्धि नारायण चौधरी, धरान ट्राफिक प्रहरी निरिक्षक श्यामकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।