धरान: अभिनेता पल शाहले बलात्कार मुद्दामा सफाई पाएका छन् । तर, बाल यौन दुरुपयोग मुद्दामा भने उनलाई साढे २ बर्षको कैद सजाय भएको छ । 

जिल्ला अदातल नवलपुरका न्यायाधिश यज्ञप्रसाद आचार्यको इजलाशले शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो । यस्तै, पीडित बालिकालाई शाहले १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि भएको छ । 

गएको चैतमा एक नाबालिग गायिकाले शाहमाथि बलात्कारको आरोप लगाएका थिए । उनका बुबाले जाहेरी दिएपछि प्रहरीले शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । सुटिङको क्रममा शाहसँगै गएकी बालिकालाई जर्बजस्ती गरेको अभियोग लागेको थियो । नेपालको कानुनले १८ बर्ष मुनिकालाई नाबालिग मानेको छ भने सहमतिमै यौन सम्बन्ध भएपनि करणी मानिन्छ ।