धरान: नेपाल विद्यार्थी संघले सुनसरी क्षेत्र नम्बर १ स्तरीय अन्तर कलेज  हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । 

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसरमा संघले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको हो । संघको धरान नगर समितीले कोइरालालाई स्मरण गर्दै सुनसरी क्षेत्र नं. १ स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । संघले 'विपीको समाजवाद र आजको सन्दर्भ' जस्तो महत्वपूर्ण विषयको छनौट गरि बुधबार वक्तृत्वकला कार्यक्रम गर्न लागेको हो । 

हाजिरीजबाफ प्रतियोगितामा सुनसरी क्षेत्र नं. १ भित्र रहेका १२ वटा कलेजलाई सहभागिताको लागि पत्राचार गरिएको संघका सभापति पारस लिम्बुले जानकारी दिए । महेन्द्र बहुमुखी क्याम्पसमा बुधबार १० बजेदेखि १२ बजेसम्म क्याम्पस सरसफाई कार्यक्रम हुनेछ भने १२ बजेदेखि हाजिरी जवाफ प्रतियोगिता हुने प्रचारप्रसार समितिका संयोजक आलोक लिम्बुले जानकारी दिए ।