धरान: औषधी व्यवसायी तथा डाक्टरहरुलाई धम्की दिदै डरत्रास देखाएर रकम असुल गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर ३ का ३३ बर्षीय विजय दाहाल पक्राउ परेका हुन् । उनले विराटनगर क्षेत्रमा विभिन्न औषधीव्यवसायी तथा मेडिकल डाक्टरहरूलाई धाक धम्की तथा डर त्रासदेखाएर रकम असुल गर्ने गरेका थिए ।

उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आज (मंगलबार) पक्राउ परेको हो । उनलाई मोरङ जिल्ला अदालतबाट अपराधिक लाभ कसूरमा दिन ३ दिनको म्याद थपेर थप अनुसन्धान कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ ।