धरान: सरसफाई मजदुरलाई कुटपिट गरेको आरोपको धरान वडा नं १० का वडाअध्यक्ष विवेक राईले खण्डन गरेका छन् । 

सोमबार दिउँसो वडाअध्यक्ष राईले पत्रकार सम्मेलन गर्दै आफुले गालीगलौज र कुटपिट नगरेको दाबी गरे । गाडी चालक राजेश थापालाई सम्झाउदा रक्सी गन्हाएपछि सम्झाएर पठाएको अध्यक्ष राईको भनाई छ । चालक थापाले आफुसँग माफी मागेको र उक्त घटनाको भिडियो सुरक्षित रहेको भन्दै उनले नगरपालिकामा गएर भने आफ्नो चरित्र हत्या हुने गरि आरोप लगाउदै प्रचारबाजी गरेको पनि वडाअध्यक्ष राईले बताए । 

bibek-rai

अध्यक्ष राईका अनुसार फोहोर संकलन गर्दे हिडिरहेको गाडी तीब्र गतिमा गुडेकोबारे स्थानीयले खबर गरेपछि उनी त्यसठाउँमा पुगेका थिए । चालक थापासँग कुरा गर्ने क्रममा रक्सी गह्नाएपछि आफुले सम्झाएको र चालकले अघिल्लो दिन पार्टीमा पिएको स्वीकार गरेर गएको पनि अध्यक्ष राईले बताए । तर, पछि कुटपिट भएको भन्दै नगरपालिकामा निवेदन दिएको र आफ्नो चरित्र हत्या हुने गरि प्रचारबाजी भएको भन्दै वडाअध्यक्ष राईले असन्तुष्टी जनाए । 

मेयर हर्क साम्पाङले पनि घटनाको यथार्थ नबुझी वडा नं १० को फोहोर नउठाउन निर्देशन दिएको भन्दै उनले असन्तुष्टी जनाए । वडाबासीले फोहोरको कर तिरेको भन्दै अध्यक्ष राईले फोहोर नउठाउन मेयरले दिएको निर्देशन उचित नभएको पनि बताए । उनले फोहोर नउठेमा वडा आफैले ट्याक्टर किनेर फोहोरको व्यवस्थापन गर्ने पनि बताए । 

भिडियो:

bibek-press-release