छत्तिस वर्णको साझा फुलवारीको रुपमा रहेको हामी । सबैको धर्म, संस्कृतिलाई विभेदरहित समान र सम्मान गर्नुपर्छ भन्ने मान्यताका साथ हिन्दुहरुको महान चाड दशैं मेरो किराती परिवारले यो पटक पनि भव्य रुपमा मनायो । अन्य समुदायको चाडपर्व ससम्मान विभेद रहित भव्य रुपमा मनाउने तपाइको पालो भने कहिले आउदो रहेछ हेर्दै जाउला । अभियान भने जारी नै रहने छ । पहिचान, अधिकार र समानताको चर्को नारा लगाउने दल, नेता र राज्य सत्ताले जनतामा विभेद अन्त्यको महशुस कहिले गराउदो रहेछ हेर्ने क्रममा छौं । यो किरातीले भने दशैंलाई सम्मानपुर्वक भव्य रुपमा निरन्तर मनाउदै आइरहेको छ ।

     चाड हो, परिवार र साथीभाइको साथमा जमघट र भोज भतेर त भइनै हाल्छ । आफ्नो सबै कार्यलाई थाति राखेर भएपनि हिन्दु धर्मावलम्विहरुको महान चाड दशै मनाइयो । धरानेहरु मनोरञ्जन र भोजभतेर गर्नमा जति अगाडि छन, त्यतिनै आफ्नो फिटनेस र स्वस्थ्य प्रति सचेत छन । मनोरञ्जन गरे पछि फिटनेस र स्वस्थ्यको चिन्ताले सताउछ धरानेहरुलाई । अहिले दशैंको कारण सबैं फिटनेस सेन्टरहरु बन्द छन । आफु पनि धराने नै परियो । चिन्ताले अछुतो रहेन ।

bijaypur-hike2

आफु त झन ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको कारण फिटनेस सेन्टर नगएको धेरै भयो । फिटनेसको लागि फिटनेस सेन्टर वाहेक पनि धेरै राम्रा राम्रा विकल्पहरु छन् । त्यसमध्ये एक सेल्फ एक्सरसाइजका लागि वकिङ्ग तथा हाइकिङ्ग पनि हो । खाएको पचाउनकै लागि भएपनि दशैको तेस्रो दिन भने धरान भित्रै करिव २।५ कि।मि।को छोटो हाइकिङ्ग गरियो । धरानको विपि प्रतिष्ठान क्षेत्र र विजयपुर डाडा मनिङ्ग वक तथा एक्सरसाइजका लागि मलाइ मन पर्ने उपयुक्त दुइ स्थान हो । विपि प्रतिष्ठान हस्पिटल एरिया वाहेका क्षेत्र भित्र वक तथा एक्सरसाइजका लागि उपयुक्त वातावरण छन् । सिंगो विपि प्रतिष्ठान क्षेत्र आकर्षक गार्डन हो । स्वच्छ हावा लिन सकिन्छ । दुवै स्थान भिडभाड रहित शान्त वातवरणको छ ।

     विजयपुर डाडा धरानको एतिहासिक तथा धार्मिक पर्यटकीयस्थलसंगै छोटो दुरीका वक र हाइकिङ्गका लागि उपयुक्त स्थल हो ।  वियपुर डाडा क्षेत्रमा मात्रै दुई देखि १० किलोमिटर सम्मको हाइकिङ्ग गर्न सकिन्छ । स्थानीयसंगै वाहिरबाट आउने पर्यटकहरुलाई एतिहासिक तथा धार्मिक क्षेत्रको अवलोकन गराउदै हाइकिङ्ग गराउन सकिन्छ । एक्सरसाइजका लागि वास्केटवल कोर्ट पछि विपि प्रतिष्ठान र विजयपुर डाडा नै मेरो रोजाइमा पर्दछ । दशैंको अनियन्त्रित खानपान पचाउनलाई भने यो पटक मेरो रोजाइमा विजयपुर डाडा पर्यो ।

bijaypur-hike4

वकका लागि विजयपुर डाँडामा दुई तीन वटा रुट लिन सकिन्छ । मैले भने धरान ९ स्थित कर्भडहल देखिको करिव अढाइ किलोमिटरको छोटो रुट रोजे । कर्भडहलमा वाइक राखेर कलेज रोड, रत्न रोड पार गर्दै पालिका सव्जि वजार देखि उत्तर तर्फ उकालो मेरिगोल्ड स्कुल हुदै गए पछि एतिहासिक ढुङ्गेधारा आइपुग्छ । ढुङ्गे धाराको देव्रे पट्टि दन्तकाली मन्दिर जाने सिढिको वाटो भेटिन्छ । सिढिको उकालो लागे पछि ठ्याक्कै शक्तिपिठको रुपमा रहेको दन्तकाली मन्दिर गेट अगाडि नै पुगिन्छ । हाइकको क्रममा मन्दिरको दर्शन समेत गर्न सकिन्छ । मन्दिरको देव्रे तिर बाटो हुदै गए पछि धरान उपमहानगरपालिकाको स्वर्ण उत्सवको अवसरमा धरान शहरको दृश्यालोकनका लागि निर्माण गरिएको धरान भ्यु पोइन्ट भेटिन्छ । भ्युपोइन्टबाट धरान शहरको राम्रो भ्यु हेर्न सकिन्छ ।

bijaypur-hike3

भ्युपोइन्ट क्रस गरेर सय मिटर जति गए पछि विजयपुर चौक आइपुग्छ । चौकबाट चारैतिर बुढासुव्वा मन्दिर, दन्तकाली मन्दिर, पञ्कन्या मन्दिर, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार कलेज र धरान वजार झर्ने बाटो छ।  मेरो छोटो वकको रुटमा धरान वजार झर्ने बाटोवाट ओराले झर्न पर्ने हुन्छ । ओरालो बाटो गएपछि अगाडि उकालो चढ्दाको ढुङ्गे धारा हुदै जादा सिंहदेवी मन्दिर झर्ने ओरालो सिंढीसहितको वाटो आउछ । सिढीबाट ओरालो लाग्दा बाटो पर्खालमा विभिन्न धार्मिक देवि देवताको तस्विर कोरिएको देख्न सकिन्छ । तस्विर खासै कलात्मक नभए पनि आन्तरिक पर्यटकलाई केहि मात्रामा आर्कषण गर्छ । ओरालो झरेपछि सिंहदेवि चौक पार गरेर जादा छाताचौक भेटिन्छ । छाता चौकबाट बजारको बाटो हुदै ओराले झरेपछि कलेज रोड हुदै कर्भडहल पुगेपछि करिव साढे दुई किलोमिटरको उकालो ओराले सहितको छोटो वक तथा हाइकिङ्ग सकिन्छ ।

     हाइकिङ्ग गर्न मनपराउने तर, समय नहुनेहरुको लागि विजयपुर डाडा क्षेत्र छोटो वक तथा हाइकिङ्गका लागि उपयुक्त स्थल हुन ।  विजयपुर डाडालाई एतिहासिक र धार्मिक स्थल पद मार्गको रुपमा समेत विकास गरि व्यवस्थित र प्रचार गरे आन्तरिक पर्यटकहरुका लागि आकर्षण र आकर्षक बन्न सक्छ ।  

तस्विरमाः वकको क्रममा देखिएको रमणिय दृष्यहरु ।

तस्विरहरुः विकास चाम्लिङ राई

bijaypur10

bijaypur-hike8

bijaypur-hike1

bijaypur-hike10

bijaypur-hike6

bijaypur-hike7

bijaypur-hike9

bijaypur-hike5