धरान: युद्ध कविकोरुपमा परिचित कवि नरेश काङमाङको कृति तेप्लायुलाई २ लाख रुपैयाको कवि विमल गुरुङ कृति पुरस्कार २०७८ दिइने भएको छ । 

कवि विमल गुरुङ स्मृति पुस्तकालयले एक विज्ञप्ती जारी गर्दै कवि काङमाङको कृति तेप्लायुलाई यो पुरस्कार दिने निर्णय भएको जानकारी दिएको हो । पुस्तकालयका अध्यक्ष तथा कवि गुरुङका बुबा पुर्णबहादुर गुरुङले जारी गरेको विज्ञप्तीमा निर्णायक समितिले युद्ध साहित्य तथा पहिचानको आवाज बुलन्द गरिएको विशिष्ट कविता कृति तेप्लायुलाई प्रदान गर्न सिफारिश गरेको आधारमा निर्णय गरिएको उल्लेख छ । पुरस्कार राशी २ लाख ५१ हजार र ताम्रपत्र रहेको छ । 

पुरस्कारको लागि आह्वान भएअनुसार देश, विदेशबाट नेपाली भाषामा लेखिएको ४२ जना लेखकको विभिन्न विधाका कृतिहरु पुरस्कारलाई प्राप्त भएको थियो । त्यसमध्ये विभिन्न १० वटा कृति छनोट गरिएको थियो भने त्यसमध्ये पनि उत्कृष्ट एक कृतिलाई पुरस्कारको लागि छनोट गरिएको पुस्तकालयले जनाएको छ । 

पुरस्कृत कवि भोजपुरका हुन् भने उनी हाल बेलायतमा बस्छन् । पुर्व ब्रिटिश लाहुरे रहेका कवि काङमाङ युद्ध साहित्य तथा पहिचानको बिषयलाई आफ्नो रचनामा प्राथमिकताका साथ उठाउने गरेका छन् । यो पुरस्कार यही कार्तिक १९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवको अवसरमा प्रदान गरिने पनि पुस्तकालयले जनाएको छ । 

naresh