धरान: मंसिर ४ गतेको निर्वाचत नजिकिदै गर्दा उम्मेद्वारहरुको ब्यस्तता बढेको छ । उम्मेद्वारहरु मतदाताहरुलाई भेट्न र भोट माग्न घर घरमा पुगिरहेका छन् ।

यसैक्रममा आइतबार नेकपा एमाले–जसपाका उम्मेदवारहरु धरान वडा नं ८ मा घरदैलोमा पुगेका छन् । उनीहरुलाई स्थानीय मतदाताहरुले उत्साहपुर्वक स्वाठगत गरेका थिए । सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा जसपाका संघीय परिषद अध्यक्ष अशोक राई र प्रदेश सभा १ (१) का उम्मेद्वार रमेश बस्नेत वडा ८ मा घरदैलोमा पुगेका हुन् । उनीहरु दुवैलाई वडाबासीहरुले फुलमालाले स्वागत गरेका थिए ।

मतदाताहरुले राष्ट्रिय राजनीतिमा पहुँच राख्ने जसपाका नेता राईलाई यसपाली जसरी पनि जिताएर पठाउनुपर्ने धारणा राखेका थिए । धरान ८ की सरिता तामाङले उम्मेद्वार राई जितेर गएमा सरकारमा मन्त्री बन्ने हैसियत भएकोले धरानको विकासको लागि जिताउनुपर्ने बताइन् । यस्तै, अर्का ७७ बर्षीय तीर्थबहादुर राईले परिपक्क नेता भएकोले अशोक राई र रमेश बस्नेतलाई भोट दिने बताए ।