धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा पर्ने बराहक्षेत्रको वडा न ३, ४ र ५ मा नेकपा एमाले–जसपा समीकरणको चुनावी घरदैलो अभियान सुरु भएको छ ।
एमाले–जसपा तालमेलका उम्मेदवार अशोककुमार राई र प्रदेश सभा १ ‘ख’ का उम्मेदवार विजयकुमार राईसहितको टोलीले बराहक्षेत्रमा घरदैलो गरेको हो । घरदैलो अभियान बराहक्षेत्रका बीचपानी चोक, मिलन चोक, सिमरवन, विशाल चोक, अमाहा सीमसारमा पुगेको थियो । यस्तै, बराहक्षेत्रका तीनकुने, आन्रामठ, धनपुरी, पिडारी र बाङ्गेमा पनि घरदैलो अभियानको क्रममा उम्मेद्वारहरु पुगेका थिए ।
घरदैलो अभियानका क्रममा स्थानीय उत्साहित देखिएको उम्मेद्वारद्धयले प्रतिक्रिया दिए । स्थानीय विद्यार्थी सन्दिप थापाले गाउँको दुःख सुख बुझेका नेताको आवश्यकता भएको र उम्मेद्वार अशोक राईलाई जिताए मन्त्री बन्ने पक्का भएकोले जिताउनुपर्ने धारणा राखे । घरदैलो अभियानमा उत्साहित बनेका बराहक्षेत्रका स्थानीयले विकास, स्थायित्व र समृद्धिका लागि एमाले–जसपाको समीकरणमा मतदान गर्नुको विकल्प नभएको बताए ।