धरान: धरान उपमहानगरपालिकाले भोली मंगलबार सार्वजनिक विदा दिएको छ । 

हिन्दु धर्मावलम्बीहरुको पर्व कार्तिके पूर्णिमा अर्थात बराहक्षेत्र मेलाको अवसरमा सार्वजकि विदा दिने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले एक सुचना जारी गर्दै नगर कार्यपालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, अत्यावश्यक सेवा बाहेक र विद्यालयसमेत विदा दिइएको जानकारी दिएका छन् ।

यसैगरि, धरानका कलेजहरुलाई समेत विदा दिन उपमहानगरपालिकाले अनुरोध गरेको छ । कार्तिके पुर्णिमा अर्थात बराहक्षेत्र मेलाको दिन अघिल्लो जनप्रतिनिधिहरुको पालादेखि नै सार्वजनिक विदा दिन शुरु भएको हो । 

notic