धरान: निशाने दोभानमा निर्माण भइरहेको खानेपानी ट्यांकी सञ्चालनमा ल्याइएको छ । 

पुर्णरुपमा निर्माण कार्य नसकिए पनि ट्यांकी तयार भएकोले अनौपचारिकरुपमा सञ्चानलमा ल्याइएको हो । दुई दिनदेखि सोही ट्यांकीबाट स्वास्तिका चोकतर्फ पानी पठाइएको छ । अहिले पानी फिल्टर गर्ने सेन्डपिट निर्माण अन्तिम चरणमा पुगेको छ भने खोलाको बाढीबाट क्षति पुग्न नदिन ग्याँबिङ वाल निर्माणको काम पनि श्रमदानबाट भइरहेको छ । 

nishane

गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी युकेको सहयोग तथा नगरबासीको श्रमदानमा उक्त ट्यांकी निर्माण भइरहेको छ । ट्यांकीमा २ लाख १० हजार लिटर भन्दा बढी पानी रहने क्षमता छ । ओभर फ्लो भएको पानी पनि खेर जान नदिन सप्लाइ पाइपमा जोडिएको छ । अहिले ट्यांकीमा २ लाख १० हजार लिटर भन्दा बढी पानी जम्मा भएको र ओभर फ्लो पानी नै वितरण भइरहेको कर्मचारी मनोज रेग्मीले जानकारी दिए । 

nishane2

यो ट्यांकीमा सर्दु, खर्दु र निशानेको पानी ४ वटा पाइपबाट संकलन गरेर हालिएको छ । ट्यांकीमा पानी हाल्नुअघि नै ती ४ वटा पाइपलाई १० इञ्चे ठुलो पाइपमा जोडेर स्वास्तिका चोकतर्फ पानी पठाइएको थियो । स्वास्तिका चोकबाट विभिन्न वडामा चौबिसै घण्टा पानी वितरण भइरहेको खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । अहिले मुहानको पानी ट्यांकीमा कलेक्सन गरेर वितरण भइरहेको छ । अब चाडै फिल्टर सिस्टम पनि तयार हुने र अझ सुद्ध पानी वितरण हुने आयोजनाले जनाएको छ । 

भिडियो:

भिडियो: