धरान: सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाएको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २४ हजार ५१२ मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)ले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ४१४ मतले पछि पारेका छन् । सरिनले ४ हजार ६५० मत प्राप्त गरेकी छिन् भने राईले ४ हजार २३६ मत प्राप्त गरेका छन् ।

भिडियो:


यस्तै, तेस्रो स्थानमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो (मुकेश)ले ४ हजार १८३ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ३ हजार ४२६ मत पाएका छन् । राप्रपाको २ हजार ६१३ मत, स्वतन्त्र उम्मेद्वार मातृकाप्रसाद भट्टराईले १३८१ मत पाएका छन् भने तर्क मगरले ९९५ मत पाएका छन्। 

el