धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क)तर्फको जारी मतगणनामा एमालेका रमेश बस्नेतले ६०९ मतको अग्रता बढाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार प्रदेशसभा १(क)तर्फ कुल १५ हजार २८१ मतगणना सकिदा बस्नेतले ४८९४ मत प्राप्त गरेका छन् । उनी भन्दा ६०९ मतले पछि परेका नेपाली कांग्रेसका उमेश थापाले ४२८५ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै)ले ३२५६ मत पाउदा स्वतन्त्र उम्मेद्वार समिर तामाङले ८६९ मत प्राप्त गरेका छन् । 

भिडियो: