धरान: धरान १३ मा डेरा गरि बस्ने उषा राईलाई कुटपिट भएको एक महिनापछि मृत्यु भएको घटना चर्कदै गएको छ । 

मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरुलाई कारबाही हुनुपर्ने माग गर्दे ईलाका प्रहरी कार्यालय धरानमा घेराउ र नाराबाजी भइरहेको छ । मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरु भेला भएर नाराबाजी गरिरहेका छन् । उनीहरुले जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गर्नुपर्ने, मुख्य आरोपीको श्रीमान गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै नारा लगाइरहेका छन् । 

police1

उक्त घटनाको मुख्य आरोपी उर्मिला राई पक्राउ परिसकेकी छिन् । अन्य भने फरार छन् । आन्दोलनरत महिलाहरुको अडानको कारण मृतकको पोष्टमार्टम पनि हुन सकेको छैन । नाराबाजी र घेराउले ईलाका प्रहरी कार्यालयको मुख्य प्रवेशद्धार अघि तनावको स्थिति बनेको छ । आफ्नो श्रीमानसँग नजिकिएको भन्दै उर्मिला राईले आफन्त र केही महिलाहरुसहित गएर कार्तिक ३ गते उषा राईलाई कुटपिट गरेका थिए । 

त्यसबेला विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्यमा गम्भीर असर पुगेको परिवारजनले बताएका छन् । मृतक उषा २ छोरीको साथ डेरामा बस्थिन् । उनको श्रीमान्को करिब २ बर्षअघि नै मृत्यु भइसकेको थियो । उनले कपडा सिलाएर घर खर्च जुटाइरहेका थिए ।

भिडियो: