धरान: धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेका चारै जनालाई आज (मंगलबार) ईलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सार्वजनिकसमेत गरेको छ । डिएसपी बुद्ध श्रेष्ठका अनुसार कुटपिटबाट घाइते भएकी उषाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंसिर १३ गते मृत्यु भएपछि मृतकका भाई सुन्दर राईले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ४ जना पक्राउ गरिएको र अन्यको खोजी भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

usha-case1

प्रहरीका अनुसार पक्राउ पर्नेमा घटनाका मुख्य आरोपी धरान १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राई रहेकी छिन् । उनलाई मंसिर १५ गते पक्राउ गरिएको र १० दिनको म्याद थप गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । यस्तै, मंसिर १६ गते २६ बर्षीया सुमित्रा राई र धरान १७ की २९ बर्षीया सुसेली राईलाई पक्राउ गरेर अदालतबाट ९ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । यसैगरि, ४० बर्षीया रत्न लिम्बु सुब्बालाई मंसिर १८ गते पक्राउ गरेर ७ दिनको म्याद थप गरिएको पनि डिएसपी श्रेष्ठले बताए । 

usha-case

उक्त घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता भएको भन्दै जाहेरी परेकोले उनीहहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । मिना राई भने को हुन् भन्ने खुल्न नसकेको पनि डिएसपी श्रेष्ठले बताए । साथै, नाम नखुलेका तर घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि अनुसन्धान, पहिचान गर्ने र खोजी गर्ने कार्य भइरहेको डिएसपी श्रेष्ठले बताए । 

भिडियो: