धरान: किरात राई यायोक्खा वडा कार्यसमिति धरान १३ को अध्यक्षमा दोस्रो पटक सिर्पाल राई सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबार सुर्यस्वस्तिका मार्गस्थित संस्थाको आफ्नै भवनमा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष राई सर्वसम्मत दोहोरिएका हुन् । अधिवेशनले उनको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा थाम बहादुर राई र सुनिता राईलाई चयन गरेको छ भने सचिबमा पुनः सत्यकुमार राई दोहोरिएका छन् । सह–सचिबमा बसन्त बान्तावा राई, कोषाध्यक्षमा सरिता राई र सह–कोषाध्यक्षमा हेमुना राई चयन भएका छन् ।
यसैगरि, सदस्यहरुमा यम बहादुर राई, राजु राई, सन्तोष राई, कल्पना राई, रविन राई, नमीता राई, मनुराज राई, वेगम राई, धनकुमार राई, मनोज राई, रोश्नी राई र सुरेश राई चयन भएका छन् । अधिवेशनले सल्लाहकारमा देवीका राईलाई मनोनित गरेको छ । अधिवेशनको बन्द सत्रमा सचिब सत्यकुमार राईले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिता राईले प्रस्तुत गरेकी थिइन् ।
सोही अवसरमा संस्थामा योगदान पुर्याएको कदर गदै विभिन्न विद्यामा ११ जनालाई किराती सँस्कार अनुसार फेटा तथा सम्मान पत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संस्थापक कार्यबाहक अध्यक्ष श्रीमती रसु राई, पूर्व अध्यक्ष काजीमान राई, पूर्वअध्यक्ष ज्ञान कुमार राई र निवर्तमान अध्यक्ष मौलमान राई रहेका छन् । यस्तै, संस्थापक अध्यक्ष स्वर्गी गंगा बहादुर राईलाई मरणेपरान्त सम्मान गरिएको थियो । यसैगरि, भुवन राई, देश बहादुर राई, उत्तरकुमारी राई, मनकुमारी राई, कुमार राई र थाम बहादुर राईलाई समेत सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राई, विशिष्ट अतिथी किरात राई यायोक्खा सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राई र संस्थाका अध्यक्ष सिर्पाल राईले सम्मान पत्र तथा फेटा गुथेर सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले प्रदेश १ लाई ‘किरात प्रदेश’ नामाकरण गराउन अभियान जारी नै रहेको दोहोर्याउदै अझ सशक्त रुपमा दवाबमुलक कार्यक्रम आयोजना गरिने बताए । कार्यक्रममा पूर्वसिडिओ प्रेम कुमार बान्तावा, संरक्षक डिवि थुलुङ, किराया धरान नगर कार्यसमितिलगातयको उपस्थित रहेको थियो ।