धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (ख) बाट निवार्चित प्रदेश सांसद विजयकुमार राईले धरानमा मेयर हर्क साम्पाङ राईले श्रम सँस्कृतिको विकास गरिरहेकोमा खुशी व्यक्त गर्दै अब सहकार्य गर्ने सँस्कृतिको पनि विकास गर्न आग्रह गरेका छन् । 

धरान उपमहानगरपालिकाको बाह्रौं नगरसभामा सम्बोधन गर्दै प्रदेश सांसद राईले मेयर साम्पाङलाई सहकार्य र समन्वयको सँस्कृति विकास गर्न समग्र धरानको विकासको लागी एकढिक्का बनाउन आग्रह गरेका हुन् । सांसद राईले भने, 'अहिले धरानमा श्रमदान श्रम सँस्कृतिको विकास हुदैछ । यो राम्रो पक्ष हो । अब त्यो मात्र होइन, धरानमा सबैसँग हातेमाले गर्ने, सहहकार्य गर्ने, समन्वय गर्ने सँस्कृतिको पनि विकास गर्नुपर्छ ।'

सहकार्यको सँस्कृति पनि विकास हुँदा धरानको समस्या समाधानको लागी सबै सँगै अघि बढ्न सहज हुने सांसद राईको भनाई थियो । स्थानीय तहबाट हुन सकेको काम गर्न आफुहरु प्रदेशमा लागीपर्ने भन्दै त्यहाँबाट पनि नभए संघीय सरकारमा पनि जान तयार भएको उनले बताए । धरानको विकासको लागी हातेमाले गर्नुपर्ने भन्दै उनले निर्वाचन जितिसकेपछि कोही पनि पार्टीको नरहने भन्दै धरानको विकास र हितमा लाग्ने बताए ।

bijay rai

'हिजो निर्वाचन लडिरहदा कुनै पार्टीमा थियौं, कोही स्वतन्त्र थियौं । चुनाव जितेपछि कोही पार्टीको पक्षमा हामी हुन्नौं,' सांसद राईले भने, 'समग्र धराने जनताको हित र धरानको हितको लागी कुन पार्टीबाट आएको हो भन्ने भुल्नुपर्छ । फेरि ५ बर्षपछि चुनावको बेला भनौला । धारनको समृद्धिको लागी सबै क्षेत्र नागरिक समाज, बुद्धिजिवि, खेलाडी सबैलाई एकढिक्का बनाएर अघि बढ्नुपर्छ ।'

 सांसद राईले खानेपानी समस्या धेरै विकराल रहेको भन्दै स्थायी समाधानको लागी भएको प्रयास र प्रतिवद्धतामा सहयोग गर्न प्रदेश सरकार र आफुहरु तयार रहेको पनि बताए । यद्यपी, काकाकुल जनतालाई तत्काल राहत दिने गरि काम अघि बढाउन पनि उनले आग्रह गरे । 

भिडियो: