धरान: रानी विराटनगर इटहरी धरान सडक आयोजना अन्तर्गत तीनकुनेदेखि जिरोपोइन्टसम्मका ६ लेन सडक प्रभावित बासिन्दाहरुले आइतबार धरान उपमहानगरपालिकाअघि विरोध प्रर्दशन गरेका छन् । 

धरानको बाह्रौं नगरसभा शुरु हुनुअघि सडक प्रभावित स्थानीयबासीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ६ लेन सडकलाई वाइपास गर्न र आफुहरुको रोक्का रहेको सम्पत्ति फुकुवाको पहल गर्न नगरसभाको ध्यानाकर्षण गराउनको लागी विरोध प्रर्दशन गरेको जनाएका छन् । धरानको नगरसभा उपमहानगरपालिकाको लर्निङ सेन्टर भवमा दिउँसो १ बजेदेखि तय भएको थियो । सडक प्रभावित घर तथा जग्गाधनीहरुले त्यसअघि नै उपमहानगरको मुलगेटअघि ब्यानर र प्ले कार्डसहित विरोध प्रर्दशन गरेका थिए । 

koshi-highway1

संघर्ष समितिका संयोजक निनामचन्द्र राईले ६ लेन सडक बाइपास गर्न र रोक्का रहेको घरजग्गा गर्न माग गर्दै शान्तिपुर्ण विरोध प्रर्दशन गरिएको बताए । वडा नं १२ का बासिन्दा गिरीराज अधिकारीले पनि राजमार्गलाई सारेर क्षति कम हुने गरि सहरी सडककोरुपमा विस्तार गर्नुपर्ने बताए । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै जीवन अग्रवाल, सुनसरी उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष अशोक ताम्राकारलगायतले पनि जनतालाई उठिबास हुने गरि सडक विस्तार नगर्न र बाइपास गर्न आग्रह गरेका थिए ।

धरानको मुख्य बजार क्षेत्र भानुचोक हुदै ६ लेन सडक विस्तार हुँदा एक हजार भन्दा बढी घरमा भत्काउनुपर्ने हुन्छ । सकडलाई ६ लन विस्तार गर्दा २०५ फिटको हुन्छ । अहिले भने बजार क्षेत्रमा मात्र ५० फिट मापदण्डमा घर बनेका छन् । सडक विभागले भने अहिलेको ५० फिट सडकलाई थप ५० फिट बढाएर सडक विस्तार गर्नको लागी धरान उपमहानगरपालिकामा क्लियरेन्स गरिदिन आग्रह गर्दे पत्राचार गरेको छ । उपमहानगरपालिकाले ठोस निर्णय गरेको छैन । जसले गर्दा तीनकुनेदेखि जिरोपोइन्टसम्मको सडक विस्तार कार्य रोकिएको छ । 

भिडियो: