धरान: फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेको दिन प्रेमिल जोडीहरुको बिशेष दिन । यही प्रणय दिवसमा धरानको वडा नं ३ स्थित दोभान पार्क भने मंगलबार दिउँसो प्रेममय कविताको बर्षा भयो ।

एक दर्जन कविहरुले प्रेमिल कविताहरु सुनाए । वडा नं ३ को कार्यालयको आयोजना र कलरव धरानको संयोजनमा प्रेम कविता वाचन कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा कविहरुले प्रेमका कविता मात्र सुनाएनन्, कतिले आफ्ना प्रेमका कथा पनि सुनाएका थिए । कार्यक्रममा कविहरु सन्तोष थेवे, दार्जिलिङबाट आएका विशाल नाल्बो, सुदिप पाख्रिन, चन्द्र गुरुङ, चेवन राई, डा.विशालबाबु बस्नेत, हेन्सन याक्खा, प्रदिप योङहाङ, इन्दु योञ्जनलगायतले प्रेमका कविता वाचन गरेका थिए ।

भिडियो:

वडा सदस्य मनिष खड्गीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्यहरु मिङ्मा भोटे, उषा सुब्बाले साहित्यको उत्थानको लागी यस्ता कार्यक्रमहरुलाई निरन्तर सहयोग गर्ने बताएका थिए । अर्को बर्ष थप भव्यताका साथ कार्यक्रम गर्न आग्रह गर्दै उनीहरुले आउदो नेपाली नयाँ बर्षमा पनि कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए । 

ward

Indu yonjan

chewan rai

bishal nalbo