धरान: ग्याँस सिलिण्डर लिकेज भएर विष्फोट भएको घटनाका ६ जनालाई थप उपचारको लागी काठमाण्डौं पठाइएको छ । 

घाइतेहरुको शरीर जलेको कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारको लागी आज दिउँसो ६ जनालाई किर्तिपुर बर्न हस्पिटलमा लगिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार घाइते अञ्जना राई र सासुआमा राजकुमारी राईलाई एयरप्लेनबाट काठमाण्डौं लगिएको थियो भने अन्य ४ जना घाइतेहरु सविता राई, सोनिका राई, अनिष कार्की र वासुदेव खड्कालाई हेलिकप्टरबाट काठमाण्डौं लगिएको थियो । सविता र सोनिका दिदीबहिनी घरधनी हुन् भने अनिष र वासदेव सिलिण्डर मर्मत गर्न आएका ग्याँस डिलरका कर्मचारी हुन् ।

gas1

धरान १७ स्थित आदर्श चोक नजिकै सोमबार भएको घटनामा ८ जना घाइते भएका थिए । घाइतेमध्ये अञ्जना राईकी १० बर्षीया छोरी सोनिहाङ राई र ८ बर्षका छोरा साङ्केन राई डिस्चार्ज भएका थिए । डिपोट स्कुलकी शिक्षिका अञ्जना राईको परिवार ५ दिनअघि मात्र डेरा सरेर उक्त घरमा आएकी थिइन् । उनको भान्साको ग्याँस चुल्हा नबलेपछि मर्मत गर्न सोमबार दिउँसो करिब साढे ४ बजेतिर डिलरबाट कर्मचारी आएका थिए । मर्मत गर्ने क्रममा नै ग्याँस लिकेज भएर विष्फोट भएको थियो ।

भिडियो:

भिडियो: