धरान: दश दिने धरान एक्स्पो २०७९ बिहिबारदेखि शुरु भएको छ । 

धरान १६ रंगशालाको दक्षिण खाली मैदानमा शुरुभएको एक्स्पोको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले उद्योगी, व्यवासायीहरु बैंकको ब्याजदरप्रति अत्यन्तै चिन्तित रहेको उल्लेख गर्दै यो समस्याबारे नेपाल सरकारले आफ्नो धारणा अविलम्ब व्यक्त गर्नुपर्ने र राष्ट्र बैंकले आफ्नो नीतिलाई स्पष्ट पार्नुपर्ने बताए । 

साथै मन्त्री कार्कीले यो समस्याबारे नेपाल सरकारसँग लविङ गर्ने र उद्योगी, व्यवसायीहरुको समस्याबारे छलफल गर्ने पनि प्रतिवद्धता जनाए । ‘हिजो ६,७ प्रतिशत ब्याजदरमा लिएको ऋण आज बढेर १४, १५ र १६ प्रतिशत पुगेको चिन्ता तपाईहरुले व्यक्त गरिरहनुभएको छ,’मुख्यमन्त्री कार्कीले भने,‘म भन्न चाहन्छु, अविलम्ब नेपाल सरकार र राष्ट्र बैंकले समबोधन गर्नुपर्यो, सुनुवाई गर्नुपर्यो ।’

expo2

मुख्यमन्त्री कार्कीले सकिन्छ भने १० प्रतिशत भन्दा माथि ब्याजदर नहुने गरि ब्याजदर घटाउनुपर्ने पनि धारणा राखे । नेपालमा उद्योग, व्यापार गर्ने, जिविकोपार्जन गर्ने तथा औद्योगिक क्षेत्र वलियो बनाउने आधार तयार गर्नुपर्ने धारणा राख्दै उनले भने,‘यसको लागी म नेपाल सरकारसँग जोडदार माग गर्छु । तपाईहरुसँगै समन्वय गरेर सरकारसँग कुराकानी गर्न नेतृत्व लिन पनि तयार छुँ ।’

मुख्यमन्त्री कार्कीले धरानका जनताको पानी खाने चाहना तथा मागलाई सम्बोधन गर्दै पुरा गर्न प्रदेश सरकारले सहयोग गर्ने पनि बताए । नजिकै कोशी र तमोर नदी बगिरहेको भन्दै उनले त्यहाँबाट सुद्ध पानी ल्याएर धराने जनतालाई खुवाउन सक्ने बताए । ‘नगरपालिकासँग साझेदारीमा पानी खाने चाहना पुरा गर्ने प्रतिवद्धता म व्यक्त गर्न चाहन्छु,’उनले भने,‘मैले नेपाल सरकारसँग सार्थक प्रयास गरेको छुँ । म मेयर साब र यहाँका जनप्रतिनिधिहरुलाई आग्रह गर्छु, एउटाले मात्र हामी धरानको पानीको समस्या हल गर्न सक्दैनौं । साझेदारीमा पानी खुवाउने सपना पुरा गर्ने प्रतिवद्धता जनाउन चाहन्छुँ ।’

मेयर हर्क साम्पाङले मुख्यमन्त्री कार्कीको अभिव्यक्ति प्रति खुशी व्यक्त गर्दे हाल कोशीबाट पानी ल्याउन अध्ययन भइरहेको र अध्ययन सकेपछि मन्त्री, मुख्यमन्त्रीलाई भेट्न जाने बताए । उनले भने, ‘अत्यन्त खुशीको कुरा छ, उहाँहरुले सहयोग गर्नुहुनेछ । कोीको पानी ल्याउन अध्ययन भइसकेको पछि मन्त्री ज्युहरुलाई भेट्न जान्छौं ।’

भिडियो:

expo1 1

expo6

expo7

expo8

expo10

expo4

expo9

expo11