धरान: प्रदेशसभाबाट प्रदेश नं १ को नामकरण गरिएपछि प्रदेश सरकारले भोली (बिहिबार) सार्वजनिक विदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव उमेश बस्नेतले एक सुचना जारी गर्दै बिहिबार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय मन्त्रीपरिषद बैठकले गरेको जानकारी दिएका छन् । बुधबार प्रदेशसभा बैठकले प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव दुईतिहाई बहुमतले पारित गरेको थियो । 

बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेशको नामकरण भएको उपलक्ष्यमा प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुलाई बिहिबार सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सचिव बस्नेतले जानकारी दिएका छन् । 

press