धरान: प्रसिद्ध कवि बैरागी काइँलालाई धरानमान नागरिक अभिनन्दन गरिएको छ । 

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको आयोजनामा शनिबार धरान १० स्थित सैनिक भवनमा उनलाई धरानमा अभिनन्दन गरिएको हो । काइँलालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले आँखीझ्यालमा सजिएको ताम्रपत्र, दोशल्ला ओढाएर अभिनन्दन गरेका थिए । अभिनन्दन अघि उनलार्ई रथारोहणका साथ नगरपरिक्रमा गरिएको थियो ।

kaila5

नगर परिक्रमाको क्रममा लिम्बु समुदायका येवा–फेदाङ्मा–साम्बा, महिला समूहको नौमती बाजा, च्याब्रुङ, साकेला, सेलो र डम्फु, धिमे बाजासहित साँस्कृतिक झाँकी पनि प्रर्दशन गरिएको थियो । कवि काइँला नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत हुन् । कविता–काव्यका साथै मुन्धुमको खोज–अन्वेषण तथा लेखन, सम्पादन, अनुवादमा अतुलनीय योगदान पुर्याएवापत उनलाई अभिनन्दन गरिएको आयोजकले जानकारी दिएको छ ।

सोही अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठलाई ताम्रपत्र र नगद ५० हजार रुपैयाँसहित प्रतिभा सम्मान गरिएको थियो । यस्तै, धरानका सशक्त युवा कवि सुदीप पाख्रिनलाई पनि ताम्रपत्र र नगद १ लाख रुपैयाँसहितको प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

तस्बिरहरु: सनम तामाङ

kaila1

kaila2

kaila4

kaila3