धरान: धरान ११ स्थित मकालु कला केन्द्रले नयाँ बर्षको अवसरमा मकालु शुभकामना सांगीतिक साँझ २०८० आयोजना गर्ने भएको छ ।

 वैशाख १ गते धरान ११ नम्बर वडामा रहेको सेतो गुराँस खेल मैदानमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक एवं गायक विजय वम्वुले राईले जानकारी दिए । हरेक नयाँ बर्षमा आयोजना हुदै आई रहेको कार्यक्रममा नेपालका चर्चित कलाकार कला राई, भ्वाइस अफ नेपालका सेमिफाइनलिस्ट सुरक्षा ठकुरी, कुवेर खम्वु, कविराज राई लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ।

उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्नका लागि धरानका चर्चित गरिमा डान्स सेन्टरको नृत्य प्रस्तुति पनि रहेनछ । कार्यक्रम दिउँसो २ बजे देखि सुरु हुने आयोजकले जनाएको छ।