धरान: धरानको कार्यपालिका बैठक आज पनि स्थगित भएको छ । 

बैठकमा ३ जना मात्र वडाअध्यक्षहरु आएपछि गणपुरक संख्या नपुगेर बैठक स्थगित भएको हो । बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै मेयर हर्क साम्पाङले बैठक भोली र पर्सि पनि निरन्तर बोलाउने बताएका छन् । बैठकमा मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं ६ का अध्यक्ष भुपेन्द्र भट्टराई, वडा १४ का अध्यक्ष कृष्ण भट्टराई र ४ का वडाअध्यक्ष धनबहादुर राई मात्र उपस्थित भएका थिए । 

वडाअध्यक्षहरुले महत्वपुर्ण एजेण्डाहरु पास हुन नसकेको भन्दै चित्त नबुझेको कुरा बैठकमै राख्नुपर्ने भन्दै अनुपस्थित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुप्रति असन्तुष्टी पनि प्रकट गरे । गत चैत १ गते कार्यपालिका बैठक एजेण्डामा प्रवेश नगरि मेयरका स्वकिय सचिवको पत्रको बिषयले स्थगित भएको थियो । 

भिडियो :

भिडियो :