धरान: नेकपा एमाले धरानको अधिवेशनबाट हर्कजंग एभेङको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चयन भएको छ । 

धरान १५ स्थित चुम्लुङ हिममा मंगलबार शुरु भएको अधिवेशनको बन्दसत्रले एभेङको नेतृत्वमा आगामी ३ बर्षको लागी सर्वसम्मत कमिटी चयन गरेको हो । राज्य पुर्नसंरचना पछिको प्रथम अधिवेशनबाट विधानमा भएको व्यवस्था वमोजिम ८५ सदस्यीय कमिटी चयन भएको छ ।

कमिटीको उपाध्यक्षमा पारस काङमाङ र सचिवमा राजेन्द्र राई चयन भएका छन् भने सहसचिवमा दिवस वान्तवा र योगेश काफ्ले चयन भएका छन् । यस्तै, अन्य सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन् । 

cpn uml