धरान: कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्रका प्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

मन्त्रीपरिषदको आज (शुक्रबार) बसेको बैठकले उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्री हिक्मत कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिएका छन् । उप्रेती महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्राध्यापन गर्दै आएका छन् । उनी यसअघि त्रिभूवन विश्व विद्यालयको रजिष्ट्रार पनि भइसकेका थिए ।

यस्तै, प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानूनी परापर्श लिइ सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्त्रालयमा पठाउने निर्णय पनि बैठकले गरकेो छ । साथै, विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई पोशाक सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय बैठकले गरेको प्रेस सल्लाहकार विष्टले जानकारी दिए ।