धरान: मेयर हर्क साम्पाङ नेतृत्वमा श्रमदान अभियानमार्फत कोकाहको पानी ल्याउने अभियानको हिसाब सार्वजनिक गरिएको छ । 

अभियानको टिमले शुक्रबार पत्रकार सम्मेलन गर्दै असार २१ गतेसम्मको आय व्यय सार्वजनिक गरेको हो । कोकाह अभियान गत फागुन २३ गतेदेखि शुरुवात भएर ९८ औं दिनमा धरान २० पकुवा खोलामा पानी खसाउन सफल भएको थियो । या अभियान शुरु हुनुअघिको श्रमदान अभियानबाट बचेको २७ लाख ८ हजार ३२४ रुपैयासहित कुल ७ करोड ४ लाख १८ हजार ६३२ रुपैया आम्दानी भएको अभियन्ता समिर तामाङले जानकारी दिए । 

उनका अनुसार विभिन्न दाताहरुबाट ४ करोड ८२ लाख ५२ हजार ३५ रुपैया नगद सहयोग संकलन भएको थियो भने दाताहरुले नै १ करोड २० लाख ३८ हजार ७०४ रुपैया बराबरको पाइप खरिद गरेर सहयोग गरेका थिए । यस्तै, खानेपानी बोर्डबाट पनि ६६ लाख ५१ हजार २२० रुपैया बराबरको पाइप प्राप्त भएको उनले जानकारी दिए । आयमध्ये ७ लाख ३३ हजार ९४८ रुपैया पाइप खरिदको भुक्तानी गर्न बाँकी रहेको र मर्मत तथा फिटिङको पनि ३४ हजार ४ सय रुपैया भुक्तानी गर्न बाँकी रहेको तामाङले जानकारी दिएका छन् ।

भिडियो:

यसैगरि, खर्चतर्फ दाताबाट र खानेपानी बोर्डबाट प्राप्त भएको बाहेक अभियानमार्फत पाइप खरिदमा ४ करोड ९४ लाख ५९ हजार ७०१ रुपैया भएको भएको छ भने इन्धन खर्च ७ लाख १२ हजार ९९९, भाडा ढुवानीमा २९ लाख ९४ हजार ८७८ रुपैया, खाना तथा खाजा, पानीमा ५० लाख २४ हजार ५५८, ज्याला खर्च २७ लाख १ हजार ५२, टोचन तार र भल्वमा ४२ लाख ९७ हजार ४१० रुपैयासहित कुल खर्च ६ करोड ७८ लाख ७७ हजार ९६४ रुपैया भएको पनि तामाङले जानकारी दिए । 

अभियानका संयोजक दत्तकुमार लिम्बुले हिसाब पारदर्शीरुपमा राखिएको र जो कोहीले पनि विल, भौचर हेर्न चाहदा देखाउने बताए । खानेपानी बोर्डका स्टोर किपर गंगा भट्टराईका अनुसार कोकाहबाट ल्याइएको पानी हाल विष्णु चोकको ट्यांकीमा हालेर वडा १७ र ११ को केही भागमा वितरण भइरहेको बताए । विष्णु चोकसम्म ४२ किलोमिटर पाइपलाइन विछ्याइएको खुलाउदै उनले अब सुम्निमा ट्यांकी र स्वास्तिका चोकको ट्यांकीसम्म पनि थप ५/५ किलोमिटर पाइप खरिद गरेर विछ्याउन बाँकी रहेको बताए ।

kokaha1