धरान: आज साउन महिनाको पहिलो सोमबार । शिवालयहरुमा शिव भक्तजनहरुको घुँइचो लाग्छ । 

धरान १४ स्थित पिण्डेश्वर बाबाधाममा पनि आज बिहानैदेखि भक्तजनहरु जल चढाउन घण्टौं लाममा उभिएका छन् । साउन महिनामा पिण्डेश्वरमा बोलबम मेला नै लाग्ने गर्छ । धरानका मात्र होइन, नेपालको पुर्वदेखि सुदुर पश्चिमका जिल्लाहरुबाट पनि बोलबम भक्तजनहरु साउनमा पिण्डेश्वरमा जल चढाउन आउछन् । 

आज चितवन, सुर्खेत, कैलालीलगायत जिल्लाहरुबाट अर्चना बाबाका भक्तजनहरु सयौंको संख्यामा पिण्डेश्वरमा आएका थिए । अर्चना बाबाका भक्तजनहरु बर्षेनी साउनमा पिण्डेश्वरमा आउने गरेका छन् । हिन्दु धर्मावलम्बीहरुको आराध्य देव शिवको साउनको सोमबार प्रिय बार मानिन्छ । चतरास्थित कोशीको सुद्ध पानी ल्याएर बेलको पातसहित पिण्डेश्वरमा चढाउने चलन छ । यसले मनोकामना पुरा हुने जनविश्वास छ । 

bolbam1

यसपाली साउनमा मलमास परेको कारण पहिलो सोमबार नै टाढा टाढाबाट धेरै भक्तजनहरु आएको हुनसक्ने बुद्धिजिवि डा.राजेन्द्र शर्माको भनाई छ । मलमासमा देवताको पुजाआराधाना भएपनि बिशेष पुजा भने गरिदैन, र असुद्ध मानिन्छ । ‘आज पहिलो सोमबार चै मलमास छैन, र धेरै भिड छ । पहिला पहिला साउनको पहिलो सोमबार स्थानीय मात्र आउथे, टाढाका भक्तजनहरु पछिका सोमबारहरु आउने गर्थे । तर यसपाली मलमासको कारण पहिलो सोमबार नै धेरै दर्शन गर्न आएका हुन्,’उनले भने । 

भिडियो: