धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरु आन्दोलित भएका छन् । 

लोकसेवा आयोगले प्रतिष्ठानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया रोक्न निर्देशन दिएपछि रुष्ट बनेका शिक्षकहरु आजदेखि आन्दोलनमा उत्रिएका हुन् । शिक्षक कल्याण समाजले बुधबार (आज) देखि दैनिकरुपमा बिहान ८ बजेदेखि ९ बजेसम्म उपकुलपति कार्यालयअघि धर्ना कार्यक्रम शुरु गरेको छ भने सबै शैक्षिक तथा परीक्षाका कार्यक्रमहरु बहिष्कार गर्ने पनि घोषणा गरेको छ । 

शिक्षक समाजका अध्यक्ष डा.अध्यक्ष डा.सेराज अहमद खानले विगत ७ महिनादेखि जारी बढुवा प्रक्रिया कामु उपकुलपतिकै कारण लोकसेवा आयोगले रोकेको बताए । कामु उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले प्रक्रिया सुचारु नगरि अनावश्यकरुपमा आयोगको राय मागेपछि आयोगले निमायवली संशोधन गरेर मात्र गर्नु भन्ने निर्देशन दिएको उनले बताए ।

विगतमा ३, ३ महिनामा बढुवा प्रक्रिया हुने प्रतिष्ठानमा अहिले ५,६ बर्षदेखि नै नखुलेको र वृत्तिविकास हुन नपाउदा धेरै शिक्षकहरु पलायन हुने अवस्था बनेको पनि उनले बताए । उनले भने,‘हाम्रो एउटै माग छ, चलिरहेको बढुवा प्रक्रिया सुचारु गर्नुपर्छ, र छिटो सिनेट बैठक बसाएर रिजल्ट निकाल्नुपर्छ ।’

bp faculty1

प्रतिष्ठानका एडिस्नल प्रोफेसर डा. रविन मास्केले पदाधिकारीले माग र आन्दोलनलाई वेवस्ता गरेमा कडा आन्दोलन गर्न बाध्य हुने पनि बताए । प्रतिष्ठानका १३० जना फ्याकल्टी र १२ सय कर्मचारीको हकको कुरा भएको भन्दै उनले बढुवा प्रक्रिया सुचारु नगरे ४ जना पदाधिकारीलाई कुर्सी छोड्न पनि चेतानवी दिए । एसोसिएट प्रोफेसर डा.सन्दिप साहले प्रतिष्ठान आफै विश्वविद्यालय भएकोले बढुवा प्रक्रिया आफै गर्न सक्ने भएकोले ४ जना पदाधिकारीहरु लोकसेवा गएर निर्णय सच्याउन लगाएर अघि बढ्नुपर्ने समाजको बटमलाइन भएको बताए । 

प्रतिष्ठानमा विगत ७ महिनादेखि आन्तरिक बढुवा एवं पदपूर्ति प्रक्रिया जारी थियो । तर, प्रतिष्ठानमा नयाँ कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की आएपछि उक्त प्रक्रिया स्थगित भएको थियो । कामु उपकुलपति डा.कार्कीले बढुवा प्रक्रिया रोकेर लोकसेवा आयोगसँग राय मागेपछि समस्या भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव कुमार शर्माले आफुले हिजै अपिल जारी गरिसकेको र पठनपाठन, परीक्षा विद्यार्थीसँग सम्बन्धित भएकोले बहिष्कार नगर्न आग्रह पनि गरिसकेको बताए । 

भिडियो: