धरान: एमालेका युवा नेता महेश बस्नेतले पहिचानवादीहरुलाई प्रदेशसभामा दुई तिहाई बहुमत पुर्याएर कोशी प्रदेशको नाम फेर्न चुनौती दिएका छन् । त्यसो गर्न नसके भित्तामा टाउको फोरेर रगतको वलिदान दिन पनि उनले सुझाए ।

राष्ट्रिय युवा संघ नेपालको शनिबार धरानमा प्रथम प्रदेश अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बस्नेतले यस्तो चुनौती दिएका हुन् । उनले कोशी प्रदेशको नाम नेकपा एमालेकै प्रस्तावमा भएको बताउदै भने, ‘त्यो वा यो आडमा केपी ओली निषेधित कसैले भन्छ भने, क्षितिज थेवे निषेधित भन्छ भने कोशी प्रदेश नाम राख्न पाइदैन कसैले भन्छ भने यो तिम्रो बाउले विर्तामा ल्याएको जमिन होइन, तिम्री आमाले दाइजोमा ल्याएको जमिन होइन, कोशी प्रदेशको नाम नेकपा एमालेको प्रस्तावमा भएको नाम हो ।’

कोशी प्रदेशको नामप्रति चित्त नबुझेको भए प्रदेशसभामा दुई तिहाई ल्याएर परिवर्तन गर्न पनि उनले चुनौती दिए । ‘तिम्रो टाउको दुखेको छ भने कोशी प्रदेशसभामा गएर दुई तिहाई ल्याएर चेञ्च गर, त्यसो गर्न सक्दैनौं भने भित्तामा टाउको फोडेर रगतको वलिदान देउ, तर युवा संघसँग जुध्न नआउ । युवा संघसँग कुनै साइनो, सरोकार छैन,’ संघका पुर्वकेन्द्रीय अध्यक्षसमेत रहेका बस्नेतले भने । उनले आफुहरु युद्ध गर्न नआएको भन्दै संविधान प्रदत्त मौलिक हक प्रयोग गर्दै नियमित अधिवेशन गर्न आएको बताए । 

उनले कोशी संसारको उत्कृष्ट र पुरानो सभ्यता मध्ये एक भएको जिकिर गर्दै साझा पहिचान भएको र नाम राख्न एमालेको प्रस्ताव गरेको बताए । ‘हाम्रो पहिचान जात मात्र होइन, धर्म हो, भौगोलिक बिशेषता हो, उमेर हो, शैक्षिक योग्यता र वर्ग हाम्रो पहिचान हो, त्यसैले हामी सामुहिक पहिचानवादी शक्ति हौं, सामुहिक पहिचानमा नै सामाजिक सद्भाव रहेको हुन्छ । हामी सामाजिक सद्भाव, धार्मिक, सहिष्णुताको पक्षमा छौं,’ बस्नेतले भने ।

बस्नेतले धरानमा जनसहभागिताको अवधारणा ल्याएर विकास गरेका पुर्वमेयर ध्यान बहादुर राई र मनोज मेन्याङ्बोको योगदान बिर्सन नहुने बताए । भित्री सडकलाई कालोपत्रे बनाएर लाहुरेको सहर हो भनेर उनीहरुले नै धरानलाई चिनाएको पनि बस्नेतले बताए । एडिबिबाट बजेट ल्याएर खानेपानीको प्रबन्ध गने, घण्टाघर बनाउने, भानुचोकमा बसपार्कलाई व्यवस्थित गर्ने पार्टी एमाले भएको उनले बताए ।

‘एमाले विकाससँग जोडिएको छ, समृद्धिसँग जोडिएको छ । तर हामीले एमालेले धरानमा गरेको योगदानलाई जनताका बीचमा लान सकेनौं,’उनले भने,‘त्यसैले आज पपुलिष्ट शक्तिहरु जनताको नकरात्मकतामा रमाएका, त्यसलाई क्यास गरेर आएका शक्तिहरु चाहे हर्क साम्पाङ भन्नुस्, बालेन भन्नुस्, रवि लामिछाने भन्नुस् फरक ढंगले आइरहेका छन् ।’

उनले धरान, पोखरा, विारटनगर काठमाण्डौं जस्ता सहरहरु पुर्ण पुजीबादीकरण भइसकेकोले कुटो कोदालेको अभियान नभै सामुहिक खेतीको अभियान चलाउनुपर्ने बताए । पँुजीमा आधारिक अर्थतन्त्र विकास गर्ने ढंगले सामुहिक उद्योगको अवधारणा अघि बढाउनुपर्ने पनि उनले बताए । ‘जंगलहरुमा जे पायो त्यही बिउ रोपेर हामी वृक्षारोपणको बाघ हौं भन्ने हर्क साम्पाङको कन्सेप्ट काम लाग्दैन । यहाँ एभोगार्डको अभियान चलाउनुपर्छ, फलफुलको अभिायन चलाउनुपर्छ, यो जंगललाई अर्थततन्त्रमा आत्मनिर्भर हुनेगरि अघि बढाउनुपर्छ,’ उनले भने । नेपालमा भिम उपाध्याय र आङकाजी शेर्पा प्रवृत्ति दुवै सामाजिक सद्भाव, जातीय सद्भाव र धार्मिक सँस्कृति विरुद्धको प्रवृत्ति भएको भन्दै उनले चर्को आलोचना पनि गरे । 

भिडियो: