धरान: आन्दोलनरत चिकित्सक र सरकारबीच सम्झौता भएपछि आजदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि सम्पुर्ण उपचार सेवा सुचारु भएको छ । 

विभिन्न अस्पतालमा चिकित्सकमाथि कुटपिट भएपछि देशभरका आवासिय चिकित्सकहरु आन्दोलित भएका थिए । वीपी प्रतिष्ठानका चिकित्सकहरु पनि मंगलबारदेखि आन्दोलित हुँदा ओपिडी, शल्यक्रियालगायत सेवा ठप्प हुँदा विरामीहरु थप पीडित भएका थिए । सरकारसँग हिजो सम्झौता भएपछि भने आजदेखि चिकित्सकहरु काममा फर्किएका छन् । 

प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा.इन्द्र लिम्बुले आजदेखि सम्पुर्ण उपचार सेवा सुचारु भएको जानकारी दिए । ‘सबै सेवा सुचारु भइसकेको छ,’ उनले भने । हिजो शनिबार गृहमन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको थियो । 

gov-and-Doctor-sahamati