धरान: सुरक्षाको माग राख्र्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु आन्दोलित हुँदा अस्पतालको ओपीडि र शल्यक्रिया ठप्प बनेको छ । 

जुनियर वेलफेयर सोसाइटीको नेतृत्वमा मंगलबारदेखि जेआरहरुले अस्पतालका सम्पूर्ण सेवा बहिस्कार गरेर आन्दोलित हुँदा ओपिडीमा दैनिक उपचार सेवा लिन आउने करिब तीन हजार विरामीहरु सेवाबाट बञ्चित भएका छन् । प्रतिष्ठानको उपचार सेवा आवासिय चिकित्सकहरुले धान्र्दै आएका छन् । उनीहरुको आन्दोलनलाई शिक्षण कल्याण समाजले पनि सर्मथन जनाउदै आकस्मिक, आइसियुबाहेक सेवामा संलग्न नहुने भनेपछि अस्पताल प्रशासनले ओपिडी सेवा सञ्चालन गर्न सकेको छैन । 

आन्दोलनले उपचार सेवा प्रभावित भएपनि आन्दोलनरत आवासिय चिकित्सकहरु भने अस्पताल सेवामा कुनै असर नगरी शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रिएको जिकिर गर्छन् । उनीहरुले आफुहरुले सेवामा अवरोध नपुर्याएको स्पष्टीकरण दिदै अस्पताल प्रशासनले नै सेवा अवरुद्ध पारेको आरोप लगाउछन् । चिकित्सकहरुको सुरक्षाका लागि आन्दोलनमा उत्रनु परेको बताउँर्दै अस्पतालको ओपीडि सेवा किन बन्द गरियो थाहा नभएको आन्दोलनरत चिकित्सकहरुको भनाइ छ ।

आवासिय चिकित्सहरुको आन्दोलनका कारण अस्पतालका ओपिडी, शल्यक्रियालगायतका सेवा बन्द गरिएको भनेर गलत प्रचार गरिएको भन्र्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका सचिब डा चन्दन चौधरीले आपत्ति जनाए । ‘इमरजेन्सी, आइसियु चलि नै रहेको छ, प्रोफेसर सरहरुले सेवा दिइनै रहनुभएको छ,' डा चौधरीले भने, ‘ओपीडि सेवा हामीले बन्द गरेको होइन, उहाँ कन्सल्टेन्टहरुले हाम्रो कार्यक्रमलाई ऐक्यबद्धता जनाएर ओपीडि बन्द गर्नुभएको हो । तर, जेआरहरुले बन्द गरयो भनेर गलत प्रचार गरियो ।' उनले जेआरहरुलाई जहिले पनि बद्नाम गर्ने काम भएको भन्दै असन्तुष्टी जनाए । 

opd counter

उता अस्पताल प्रशासनले भने आन्दोलनरत पक्षले सेवा बहिष्कार गरेको कारण अवरुद्ध हुन पुगेको जनाएको छ । आवासिय चिकित्सकहरुले काम छोडेर आन्दोलनमा उत्रिदा जनशक्ती अभाव भएको र अस्पतालले ओपिडी, शल्यक्रियालगायतका सेवा बन्द गर्नु परेको प्रतिष्ठानकी प्रवक्ता डा.अञ्जु प्रधानले बताइन् । ‘विरामीको उपचारमा खटिएका चिकित्सकहरु माथी नै कुटपिट, आक्रमण जस्ता घटना हुनु यो राम्रो होइन, त्यसैले उहाँहरु आन्दोलनमा जानुभयो,'प्रतिष्ठानका प्रवक्ता डा प्रधानले भनिन्,‘जेआरहरुले अस्पतालको सेवा बन्द गरेको होइन, उहाँहरु आन्दोलनमा जानुभयो । पछि चै जनशक्ति अभाव भयो तर, पनि कन्सल्टेन्ट डाक्टरहरुले हिजो बुधबारसम्म त सेवा दिनु नै भएको हो ।'

 प्रतिष्ठानमा आकस्मिक, आइसियुलगायतका सेवा कन्सल्टेन्टहरुले नै दिइरहेको समेत डा प्रधानले बताइन् । ‘अस्पतालले ओपिडी, शल्यक्रिया सेवा पनि बन्द गरेको होइन तर, त्यहाँ जाने डाक्टर नहुँदा चै समस्या भएको छ,' उनले थपिन् । प्रतिष्ठानमा दैनिक २५ सयदेखी ३ हजारसम्म विरामीहरु उपचार सेवा लिन आउने गरेका छन् । प्रतिष्ठानमा कोशी प्रदेशसहित मधेश प्रदेश र छिमेकी मुलुक भारतबाट समेत विरामीहरु उपचार सेवा लिन आउने गरेका छन् । आवासिय चिकित्सकहरुको आन्दोलनको विषयमा आवासिय चिकित्सक र अस्पताल प्रशासनको आ–आफनै तर्क रहेपनि विरामी, सेवाग्राहीले उपचार नपाएको धरान–३ की मोनिका भुजेलले बताइन् । ‘कुटपिट हुनु राम्रो होइन, कानुनी उपचार खोज्ने हो डाक्टर कुट्नेलाई कानुनले सजाय दिनुपर्छ । तर, यसरी अस्पताल बन्द गरेर चै कसरी समाधान हुन्छ ?‘ उनले भनिन् ।  

प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका मेयर हर्क साम्पाङले चिकित्कहरुमाथी कुटपिट हुनु गलत भएको तर अस्पताल जस्तो सबेदनशिल क्षेत्रमा उपचार सेवा रोक्न नहुने बताए । उनले माथिल्लो सम्बन्धित निकायबाट चाडो समाधान हुनुपर्नेमा जोडदिए । ‘डाक्टरमाथी कुटपिट हुनु कुनै पनि हालतमा राम्रो होइन । त्यसलाई कानुनी सजाय दिनुपर्छ । तर, अस्पताल क्षेत्र बन्द हुनुहुदैन । चाडो भन्दा चाडो गृहमन्त्रालयले यसको समाधान गर्नुपर्छ,  मेयर साम्पाङले भने ‘मेरो तर्फबाट पनि प्रयास भइनै रहेको छ, हिजो नै मैले डाइरेक्टरसँग बुझेको थिँए । यसको चाडो हल हुनुपर्छ ।‘