धरान: पुर्वसिंगापुरे लाहुरे लुकेन्द्र राईले धरान ११ मा मितेरी स्पोर्ट्स सेन्टर खोलेर खेलकुदको विकास र व्यवसायमा हात हालेका थिए । त्यहाँ फुटसल, जिम, ब्याडमिन्टन कोर्टसँगै स्पोर्टस् सामग्रीको होलसेल पसल पनि छ । 

उनी बर्षमा थुप्रै प्रतियोगिता पनि आयोजना गर्छन् । खेलकुदको विकास र प्रर्वद्धनमा करोडौं लगानी गरेका राईले अब युवाहरुको आकर्षण बढीरहेको क्रसफायर ब्राण्डको मोटरसाइकल व्यापारमा पनि अघि बढेका छन् । उनले भोली (बिहिबार)देखि धरान ८ स्थित धनकुटे रोड (पुरानो ट्राफिक कार्यालय अघि) क्रसफायर ब्राण्डको शो रुप सञ्चालनमा ल्याउदैछन् । मितेरी डेभलपर्स एण्ड सप्लायर्समार्फत शुरु गर्न लागेको उक्त शोरुम उद्घाटनसँगै र्याली र भानुचोकमा टेष्ड ड्राइभ, स्टण्ड पनि प्रर्दशन हुने उनले जानकारी दिए ।

शो रुम भर्खर खुल्न लागेपनि उनले २ बर्षदेखि नै क्रसफायर बाइकको व्यापारमा जिए । उनले क्रसफायर ब्राण्डको डट बाइक भाडामा उपलब्ध गराउने गरेका थिए । ‘सबैबाट राम्रो प्रतिक्रिया पाएपछि शो रुम नै खोल्न लागेको हो,’उनले भने,‘भविष्यमा यतै पुर्वमा प्लान्ट राखेर इलेक्ट्रिक बाइक, स्कुटरको एसम्बल गरेर उत्पादन गर्ने सोच छ ।’

crossfire

क्रसफायर ब्राण्डको डट बाइक युवा पुस्ताले अत्यधिक रुचाएका छन् । बिषेश गरि एडभेञ्चर मन पराउने युवायुवतीहरु यो बाइकमा यात्रा गर्छन् । स्टाइलिस देखिने र अफरोड यात्राको लागि एकदमै उपयुक्त बाइक भएकोले युवाहरु यो बाइक चढ्छन् । पछिल्लो समय डट बाइकको रेस पनि हुन लागेकोले यो मोटरसाइकल खेलकुदको लागि पनि उपयोगी भएको क्लासिक ह्विल एक्स्पोर्ट एण्ड इम्पोर्टका मार्कोटिङ प्रमुख अनुराग वमले बताए । क्लासिक ह्विलले सन् २०१३ देखि नेपालमा क्रसफायर ब्राण्डको बाइक र स्कुटर नेपाल भित्र्याएर बिक्रीवितरण गर्दे आएको छ । 

क्रसफायरको डट बाइक एचजे २५०, ट्रयाकर २५० र आरएम २५० गरि ३ वटा मोडलमा छन् । यस्तै, स्ट्रिट बाइकमा स्टालियन र नेभेदा मोडलमा छ । स्कुटरमा इटालिका मोटो १५० सिसिको पाइने मार्केटिङ प्रमुख बमले जानकारी दिए । डटबाइक आरएम २५०को मुल्य अहिले घटेर ७ लाख ९९ हजार कायम भएको छ । यसमा पनि दशैं अफर कार्तिक १५ सम्म चल्ने भएकोले ५० हजार छुट दिइने उनले बताए । यसैगरि, एचजे २५० को मुल्य ७ लाख १९ हजार रहेको छ । अर्को, ट्रयाकर २५० को मुल्य ३ लाख ७० हजार रहेकोमा दशैं अफरमा यसमा पनि ४० हजार छुट दिइने उनले बताए । ‘यो छुट अहिलेसम्मकै धेरै दिइएको हो,’उनले भने ।

भिडियोः