धरान: धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले धरानको बजारको साख चर्चामा आएजस्तो साख नगिरेको बताएका छन् । 

धरान ८ स्थित धनकुटे रोडमा क्रसफायर बाइकको शो रुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर बेघाले धरान बजार अन्यत्र सर्दै गएको र साख गिर्दै गएको चर्चा भए पनि बजारको साख कायमै रहेको पनि उनले दाबी गरेका हुन् । ‘धरानको बजारको साख आफ्नै खालको छ, महत्व, ओज, गरिमा आफ्नै खालको छ । विराटनगरका व्यवसायीसँग आफ्नै पीडा छ, इटहरीका व्यवसायीहरुको आफ्नै पीडा छ, भेडेटारको आफ्नै छ,’ उनले भने,‘धरानको व्यवसाय अर्कोतिर सर्यो भन्ने प्रचार छ, मैले त्यो देखेको छैन । आफ्नो घरको भन्दा वनको राम्रो देख्ने चलन भन्ने आख्यान जस्तै घरको व्यवस्थापन हामीले राम्रो गरिरहेका छौं, यद्यपी अर्को घरको राम्रो व्यवस्थापन छ कि भनेर सकरात्मक प्रतिस्पर्धा गर्ने एउटा पाटो हुन्छ ।’

aindra begha1

उपमेयर बेघाले धरानको बजार र व्यवसाय इटहरी, विराटनगर वा विर्तामोड भन्दा काठमाण्डौं भन्दा कमजोर नभएको पनि बताए । ‘तर हामी अघि बढ्ने प्रयत्न गरिरहदा हामीसँगै दौडिदै गर्नेहरु अघि बढे की ? हामी भन्दा अगाडि पो छन् कि ? भनेर सकरात्मकढंगले आफुलाई प्रतिस्पर्धामा अघि बढाउन यहाँका व्यवसायीहरु लाग्नुपर्छ,’ उनले भने,‘धरानको अर्थतन्त्रलाई, व्यापार, व्यवसायललाई ठिक ढंगले अघि बढाउन तपाई हामी उत्साही भएर, भविष्यलाई उज्वल देखेर नगर सरकार, प्रदेश सरकारसँग समन्वय र समझदाी गर्दै व्यवसायलाई प्रर्वद्धन गर्दे बढ्ने जिम्मा र दायित्व व्यवसायीहरुको पनि हो, तपाईहरुसँग धरान नगर सरकार सँगै रहने प्रतिवद्धता पनि गछौं ।’

cross fire stant1

उपमेयर बेघाले क्रसफायर बाइक पहाडी ग्रामिण क्षेत्रमा साहसिक यात्रा गर्न उपयोगी हुने भएकोले पर्यटनमा पनि योगदान पुग्ने बताए । व्यावसाय शुरु गर्दा धरानको आर्थिक विकासमा र रोजगार सृर्जनामा पनि टेवा पुग्ने उपमेयर बेघाको भनाई थियो । ‘अहिलेको बजार, राष्ट्रिय अर्थतन्त्र, विश्व अर्थतन्त्र संकटतिर जान खोजिरहेको छ । यसलाई पुर्नताजगी गराउन, आर्थिक गतिविधि बढाउन, अर्थतरुन्त्र मजबुद बनाउन यस्ता आर्थिक क्रियाकलाप र उद्योग सञ्चालनले ठुलो योगदान गर्छ,’उनले भने,‘हामी सबैको आर्थिक क्रियाकलापले समाज र राष्ट्रको अर्थतन्त्र मजबुद हुदै जान्छ । उर्जाशिल, इच्छाशक्ति भएको युवाले उद्यमशील हुने प्रण गर्नुपर्छ । कानुनी वा नगर सरकारबाट गर्नुपर्ने सहयोग हामी गछौं ।’

cross fire stant

एडभेञ्चर राइड रुचाउने युवाहरुमाझ लोकप्रिय क्रसफायर बाइकको शो रुम मितेरी डेभलपर्स एण्ड सप्लायर्सले शो रुम सञ्चालनमा ल्याएको हो । शो रुम धरान ११ का पुर्वसिंगापुरे लाहुरे लुकेन्द्र राईले सञ्चालनमा ल्याएका हुन् । उनले यसअघि पनि मितेरी स्पोट्र्स सेन्टर खोलेर फुटसल, जिम हल, ब्याडमिन्टन कोर्ट पनि सञ्चालनमा ल्याएका छन् भने स्पोट्र्स सामग्रीको होलसेल व्यापार पनि गरिरहेका छन् । उपमेयर बेघाले रिबन काटेर शो रुमको उद्घाटन गरेपनि भानुचोकसम्म र्याली निकालिएको थियो । भानुचोकमा युवाहरुले बाइक स्टण्ट प्रर्दशन पनि गरेका थिए । 

भिडियो:

भिडियो: