धरान: धरान १० स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाले क्रियाशिल महिला पत्रकार मनिता चाम्लिङलाई सम्मान गरेको छ । 

संस्थाको ११ औं बार्षिक साधारणसभाको अवसरमा शनिबार पत्रकार चाम्लिङलाई सम्मान गरेको हो । धरान १५  स्थित चुम्लुङ हिममा आयोजित सभामा उनलाई नगद १० हजार ५ रुपैया, सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं धरानका उपमेयर अइन्द्रबिक्रम बेघा, बिशिष्ट अतिथि एवं नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङले सम्मान पत्र तथा नगद हस्तान्तरण गरेका थिए । यसैगरि, असल तथा नियमित वचतकर्ताहरु, असल बचत तथा ऋण सदस्यहरु, नियमति बचतकर्ताहरु, उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

४३ लाख ६४ हजार बढी खुद मुनाफा

उद्यमशिलले आर्थिक बर्ष २०७९/०८० मा आयकर पश्चात ४३ लाख ६४ हजार ३४१ रुपैया खुद बचत (मुनाफा) गरेको संस्थाका कार्यवाहक अध्यक्ष सिंहबहादुर मादेनले जानकारी दिए । उनका अनुसार सहकारी ऐन २०७४ तथा नियमावली २०७५ र संस्थाको संशोधित विनियन २०७७ अनुसार विभिन्न कोषहरुमा बाँडफाँड गर्दा बोनष कोषमा १४ लाख ६३ हजार १४५ रुपैया संचित भएको छ । उनले यो रकमलाई आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्मको कुल शेयर पूँजीको आधारले हुन आउने रकम नगद लाभांश वितरण गर्ने सभामा प्रस्ताव पेश गरेपछि पारित भएको थियो ।

udhamsil1

उद्यमशिल ५३ जनाबाट दर्ता गरेर ५९ जना सदस्यबाट कारोबार शुरु भएको थियो । हाल धरान, इटहरी र बराहक्षेत्रसहित २०८४ जना महिला र १९६२ जना पुरुष गरि कुल ४०४६ जना सदस्य छन् । सहकारीहरु डुबेर सेयर सदस्यहरुको रकम जोखिममा परिरहदा उद्यमशिल भने धरानको उत्कृष्ट व्यवस्थापनसहित सञ्चालनमा आउने सहकारीमा पर्छ ।

संस्थाका सिइओ जितबहादुर राउतले कोभिड १९ र विश्वव्यापीरुपमा फैलिएको आर्थिक मन्दीले बित्तिय क्षेत्र एवं सहकारीमा असर परेपनि सदस्यहरुले संस्थालाई गरेको विश्वास र निरन्तर भएको कारोबारले आर्थिक प्रगति गर्न सफल भएको बताए । शेयर पूजी अघिल्लो आर्थिक बर्षभन्दा ४.७३ प्रतिशतले वृद्धि गरेर ५ करोड २६ लाख १ हजार १ सय पुर्याउन सफल भएको पनि सिईओ राउतले जानकारी दिए ।

यसैगरि, आर्थिक बर्ष २०७८/०७९ को अन्त्यसम्म ३२ करोड ८ लाख ७७ हजार १ सय ५२ रुपैया निक्षेप रहेकोमा आर्थिक बर्ष २०७९/०८० को अन्त्यसम्ममा १ अर्ब ३९ करोड ११ लाख ८० हजार रुपैया निक्षेप संकलन भएको पनि उनले बताए । साथै, १ अर्ब ३८ करोड ८७ लाख २४ हजार ३ सय १५ रुपैया निक्षेप भुक्तानी गरेर संस्थामा ३२ करोड ३३ लाख ३३ हजार ७४० रुपैया निक्षेप पुर्याउन सफल भएको पनि उनले बताए । 

udhamsil2

यस्तै, संस्थाले कर्जाबाट ४ करोड ३६ लाख ८८ हजार ७७९ रुपैया ब्याज आम्दानी गरेको छ भने बैंक ब्याजबाट ५७ लाख ८४ हजार ५०६, रेमिट्यान्सबाट ८ लाख ६ हजार ७८१, शेयर लगानीबाट ७ लाख ४२ हजार ४० रुपैया र अन्य आम्दानी ७६ लाख ६४ हजार १८३ रुपैया गरि कुल आम्दानी ५ करोड ८६ लाख ८६ हजार २९० रुपैया गरेको पनि सिईओ राउतले जानकारी दिए ।

यसैगरि संस्थाले ब्याजतर्फ, कर्मचारी तर्पm, कार्यालय सञ्चालन, ऋण जोखिम कोष व्यवस्थापन, मर्मत सम्भार लगायत शिर्षकमा गरि कुल ५ करोड ३९ लाख ९३ हजार ४५१ रुपैया खर्च भएको पनि उनले जानकारी दिए । यो आर्थिक बर्षमा नेपाल सरकारलाई आयकर, ब्याजकर, घर बहाल कर, सामाजिक सुरक्षा करलगायतमा १७ लाख ४२ हजार ८१२ रुपैया राजश्व तिरेको पनि संस्थाले जनाएको छ ।   

सहकारीको महत्वबोध गराउनुपर्छ: उपमेयर
धरानमा केही सहकारीको नकरात्मक क्रियाकलापले गर्दा राम्रो सहकारीलाई पनि नाक खुम्च्याउने अवस्था भएको उपमेयर बेघाले जानकारी दिए । रोजगार सृर्जना गर्ने, स्वरोजगार बनाउने सहकारी, छरिएर रहेको पूजी संकलित गरेर सुरक्षित गर्ने सहकारीमाथि प्रश्नहरु तेर्सिएको बताए ।

सहकारीको महत्वबोध गराएर सहकारी अभियन्ता र नगर सरकारसँगै लाग्नुपर्ने उनले बताए । छरिएर रहेर साना पुजीलाई एकीकृत गरेर चलायमान बनाउने, आर्थिक उर्पाजनमा लगानी गर्ने वातावरण सहकारीबाट मात्र सम्भव रहेको उनले बताए । 'राज्यको नीति, नियमभित्र रहेर काम गर्ने सहकारीहरु नाफमा छन्, लगानी सुरक्षित छ । त्यसैमध्येमा उद्यमशिल पनि पर्छ,' उनले भने, 'यसरी नै विधिमा रहेर सहकारी चलाउने हो भने व्यक्ति, समाज र राष्ट्रको अर्थतन्त्र वलियो हुदै जान्छ ।' 

भिडियो :