धरान: बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरु स्वास्थ्य मन्त्रीलाई राजिनामा बुझाएर फर्किएका छन् ।

शिक्षक कल्याण समाजको नेतृत्वमा काठमाण्डौं गएका शिक्षकहरुले करिब डेढ सय जनाको सामुहिक राजिनामा स्वास्थ मन्त्री मोहनबहादुर बस्नेतलाई बुझाएका थिए । शिक्षकहरुको टोली मन्त्री बस्नेत, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पुर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रतिष्ठानका पुर्वउपकुलति एवं कांग्रेस नेता डा.शेखर कोइरालालगायतलाई पनि भेटेर फर्किएका हुन् ।

प्रतिष्ठानका शिक्षकहरु सोमबार सामुहिक राजिनामा पनि दिने घोषणा गरेर काठमाण्डौं प्रस्थान गरेका थिए । एक टोली हिजो बिहिबार धरान फर्किएका छन् भने अर्को टोली आज फर्किदैछन् । प्रतिष्ठानका एडिस्नल प्रोफेसर डा.रविन मास्केले आफुहरु फर्किएपनि राजिनामा बुझाइसकेको कारण उपचार र पठनपाठनमा सहभागी हुन नसक्ने बताए । प्रधानमन्त्री, स्वास्थ्य मन्त्रीसँगको भेट र पहल सकरात्मक रहेकोले चाडो निकास आउनेमा आफुहरु आशावादी भएको पनि उनले बताए । 

भिडियो: