धरान: शिक्षकहरुको आन्दोलनले पठनपाठन तथा परीक्षाका कार्यक्रमहरु प्रभावित भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुले पनि शुक्रबार प्रर्दशन गरेका छन् ।

विद्यार्थी कल्याण समाजको अगुवाई शुक्रबार सयौंको संख्यामा विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले उपकुलपति कार्यालयअघिसम्म र्याली निकाल्दै पढ्ने र पढाउने वातावरण बनाउन माग गरेका छन् । अवरुद्ध भएको बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै प्रतिष्ठानका शिक्षकहरु सोमबारदेखि काठमाण्डौं गएका थिए । करिब डेढ सयको संख्यामा रहेका एसोसियट प्रोफेसर, एडिस्नल प्रोफेसर र एसिस्टेन्ट प्रोफेसरहरुले राजिनामा पनि दिएका छन् ।

bp students

आन्दोलित शिक्षकहरुले राजिनामा समेत बुझाएपछि पठनपाठन र उपचार पनि प्रभावित भएको छ । शिक्षकहरुको आन्दोलनले पठनपाठन र आन्तरिक परीक्षाका कार्यक्रमहरु प्रभावित भएपछि विद्यार्थीहरु मारमा परेको विद्यार्थी कल्याण समाजका अध्यक्ष ओमशान्ति रजकले बताए । उनले शिक्षकहरुको जायज मागलाई तत्काल सम्बोधन गरेर विद्यार्थीहरुले पढ्न पाउने र शिक्षकहरुलाई पढाउने वातावरण तयार गर्न पनि पदाधिकारीसहित सरोकारवाला निकायहरुलाई आग्रह गरेका छन् । 

भिडियो: