धरान : धरानको वडा न नं २० स्थित चिण्डेडाँडामा निर्माण गरिने भनिएको सुम्निमा र पारुहाङको प्रतिमाको लागि आवश्यक जग्गा व्यवस्थापन गर्न एक मुल्यांकन समिति गठन भएको छ । 

सोमबार मेयर हर्क साम्पाङको कार्यकक्षमा चार किरातजन्य संघसंस्थाका प्रतिनिधिहरुसहित कार्यपालिका बैठकले गठन गरेको समितिको बैठकले जग्गा व्यवस्थापनको लागि मुल्यांकन गरि प्रतिवेदन पेश गर्न ११ सदस्यीय समिति गठन गरेको हो । कार्यपालिकाले गठन गरेको समितिले पटक पटक किरातजन्य संघसंस्थाहरुसँग र चिण्डेडाँडाका स्थानीयबासीसँग पनि छलफल गरेपछि सोमबार जग्गा मुल्यांकन समिति गठन गरिएको हो । 

उक्त समितिको संयोजकमा वडा नं २० का अध्यक्ष पदम लिम्बु छन् भने सदस्यहरुमा कार्यपालिका सदस्य सावित्रा परियार, वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, चार किरातजन्य संघसंस्थाहरुबाट भुपेन्द्र राई (भुपाल), चन्द्रकुमार राई, तीर्थ लिम्बु, कविचन्द्र याक्खा, हेमराज सुनुवार, विप्लव फोक्लेन र हेन्सन याक्खा सदस्य छन् । समितिको सदस्य सचिवमा योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख सुरज श्रेष्ठ छन् । यो समितिले प्रतिमा निर्माणस्थलमा पर्ने निजी जग्गाहरु खरीद गर्नको लागि जग्गाको उचित मुल्यांकनसहित प्रतिवेदन पेश गर्नेछ ।

बुधबार मेयर साम्पाङ, प्राविधिकसहितको टोली चिण्डेडाँडामा जग्गा नापजाँच गर्न पनि जाने कार्यक्रम छ । यस्तै, बैठकले कार्तिक २१ गते आदिबासी जनजाति महासंघ आवद्ध जातीय संघसंस्थाहरुसहित सम्पुर्ण जातीय संघसंस्थाहहरुसँग पनि वृहत छलफल गर्ने निर्णय गरेको छ ।  उचाईबाट धरान सहरको दृष्यावलोकन गर्नको लागि वडा नं २० (साविक विष्णुपादुका) स्थित चिण्डे डाँडा प्रसिद्ध पर्यटकीयस्थल हो । उक्त स्थानमा कार्यपालिका बैठकले किरातीहरुको आदिम पुर्खा सुम्निामा र पारुहाङको प्रतिमा निर्माण गर्ने निर्णय गरिसकेको छ । 

भिडियो: