धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखी ओपिडीसहित सम्पुर्ण सेवाहरु सुचारु भएको छ ।

प्रतिष्ठानका आन्दोलनरत शिक्षक डाक्टरहरुसङ्ग हिजो (सोमबार) सहमति भएपछि सम्पूर्ण सेवाहरु सुचारु भएको हो । सहमति पछि आन्दोलनरत शिक्षकहरु नियमित काममा फर्केपछि सबै सेवा सुचारू भएको अस्पताल उपनिर्देशक डा. इन्द्र लिम्बुले जानकारी दिए ।

बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै एक महिनादेखी पठनपाठन, परिक्षा र उपचार सेवा छोडेर १७७ जना शिक्षकहरु आन्दोलनमा थिए । ती मध्ये १४० बढीले स्वास्थ्य मन्त्रालयमा संयुक्त राजीनामा बुझाएका थिए । हिजो प्रतिष्ठानका शिक्षक र कर्मचारीहरुसङ्ग भएको वार्तामा पदाधिकारीहरुको छुट्टाछुट्टै वार्तामा सहमति भएको थियो ।