धरान: नेवार जातिको महत्वपुर्ण चाड मध्ये एक हो म्हः पूजा । म्हः पूजाको शान्दिक अर्थ हुन्छ, शरीरको पूजा । आत्मा पूजा वा ब्रह्म पूजा पनि भनिने म्हः पूजा अहिलेसम्म नेवारहरुको घरपरिवारभित्रै सिमित थियो ।

घरभित्रै सिमित रहेको म्हः पूजा आज (मंगलबार) भने धरानमा सामुहिकरुपमा आयोजना गरिएको छ । नेवाः मिसा दबु जिल्ला समिति, नेवाः ल्याय्म्ह दबु जिल्ला समिति, नेवाः मिसा दबु धरानको आयोजना र नेवाः साँस्कृतिक उत्थान मञ्चको व्यवस्थापनमा धरान ७ स्थित सिद्धि नेवाः परिषदमा सामुहिक म्हः पूजा आयोजना गरिएको थियो । म्हः पूजामा विभिन्न जिल्लाका समेत गरेर ६० जना सहभागी भएको कार्यक्रम संयोजक लक्ष्मी प्रधानले जानकारी दिइन् ।

भिडियो:

म्हः पूजामा वरिष्ठ समाजसेवी सरला कायस्थ, प्रदेश सांसद यशोदा कायस्थ, वरिष्ठ गायक गंगा वरदान, चर्चित गायिका प्रश्ना शाक्य पनि सहभागी भएका थिए । घरभित्र समिति रहेको नेवार सँस्कार, सँस्कृतिलाई व्यापकरुपमा प्रचारप्रसार गर्ने र अन्य समुदायलाई पनि जानकारी गराउने उद्देश्यले सामुहिकरुपमा आयोजना गरिएको कार्यक्रम संयोजक प्रधानले बताइन् ।

‘म्हः पूजा कसरी गरिन्छ भनेर सबैले देखोस् भन्ने उद्देश्य पनि हो । पहिला संयुक्त परिवार थियो, अहिले एकल परिवार हुदै गएको छ र कतिपयले चाहेर पनि घरमा गर्न सक्दैनन्,’उनले भनिन्,‘सामुहिकरुपमा आयोजना गर्दा खर्च पनि कम हुन्छ, समय पनि बचत हुन्छ । सँस्कार र सँस्कृतिले निरन्रता पाउछ, र साँस्कृतिक पर्यटनको प्रवद्र्धन पनि हुन्छ ।’

mah puja1

mah puja3

mah puja7

mah puja5

mah puja10

mah puja8

mah puja12

mah puja4

mah puja9

mah puja13

mah puja6

mah15