धरान: दुई जना संगीतकर्मीलाई सम्मान र धरानलाई संगीतमय बनाउदै दुई दिने गीता एभिएशन धरान म्युजिक फेस्ट शनिबार राती सम्पन्न भएको छ । 

धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा आयोजित म्युजिक फेस्टले पछिल्लो समय सुस्ताएको धरानको सांगीतिक माहोललाई उर्जा प्रदान गरेको थियो ।म्युजिक फेस्ट २०८० को दोस्रो तथा समापन दिनमा धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिएका सुन्दर साउण्ड सिस्टमका सुन्दर श्रेष्ठ र कालो कालो रात, गुराँसको फेद मुनि गीतका संगीतकार तथा गायक नवराम राईलाई सम्मान पनि गरिएको थियो ।

सिल्भर ईन्टरटेन्टमेन्टले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि धरान उप-महानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघा, गीतकार मिना सिंगक र सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले कदर -पत्र, खादा र १० हजार रुपैयाको चेकसहित सम्मान गरेका थिए। चर्चित गायिका मिलन नेवारलाई पनि ढाका टोपी लगाएर सम्मान गरिएको थियो । 

DHARAN MUSIC FEST  (10) copy

फेस्टको पहिलो दिन शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड “पहेंलो बत्ति मुनि ” र चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहेको थियो। धोकेबाज हौ तिमी बोलको गीतबाट चर्चा कमाएकी लोकप्रिय गायिका एलिना चौहानले धोकेबाजसंगै भाग्यमा खोट छ, तिम्रो मायाले बाँधेर राख, के माया लाग्छ लगायतका आफ्ना चर्चित गीतहरु गाइन् । उनले पहिलो पटक धराने दर्शकहरुमाझ प्रस्तुती दिएकी थिइन् । यस्तै, “पहेंलो बत्ति मुनि” ब्याण्डले गौंथली, लोरी, बरी लै, म बाटो हिँड्ने लगायतका गीतहरु गाएर दर्शकहरुलाई मनोरंजन दिलाएका थिए । स्थानीय धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिएका थिए। 

म्युजिक फेस्टको अन्तिम दिन शनिबार लोकप्रिय गायिका तथा भ्वाईस अफ नेपालकी कोच मिलन नेवारको प्रस्तुती निक्कै नै आकर्षक रह्यो । धरानको पहिलो आउटडोर कार्यक्रममा उनले सुनसान रातमा, इट्स स्लोली, गाला रातै, जनम जनम जिउला संगै, फुलबुट्टे सारीलगायतका गीतहरु गाएर भरपुर मनोरंजन दिएकी थिईन् । 

DHARAN MUSIC FEST  (2) copy

यसैगरि, हिजोआज युवा पुस्ताले मनपराइरहेका धरानका प्रतिभावान गायक पूर्ण राईको पनि बिशेष प्रस्तुति रहेको थियो । धरानको आउटडोर कन्सर्टमा पहिलोपल्ट आफ्नो प्रस्तुति दिएका धरान १७ रेल्वेका पूर्णले  मनका कुरा, धुव्रतारा, नभेटेको भए लगायतका आफ्ना चलेका तथा नयाँ गीतहरु प्रस्तुत गरेका थिए। टिनएज पुस्तामा आफ्नो राम्रो क्रेज बनाएका गायक पूर्णको गीत एक महिना देखि युट्युबमा ट्रेनडिंगमा रहेको छ । अन्तिम दिन स्थानीय लासोज ब्याण्ड र द भ्वाईसमा ब्याटल राउण्ड पार गरेका धरानका रिजन लोहनीले समेत प्रस्तुती दिएका थिए । 

कार्यक्रम सुरेश राई र नबिना मग्रातीले संचालन गरेका थिए । धरानका उदाउँदो प्रतिभाहरुलाई ठुलो प्लेटफार्म दिन र पूर्ण मनोरन्जन दिलाउन फेरि पनि परिस्कृत रुपमा कार्यक्रम आयोजना गरिरहने आयोजक सिल्भर ईन्टरटेन्टमेन्टका प्रबन्ध निर्दैशक सौरभ श्रेष्ठले बताए । सिल्भर ईन्टरटेन्टमेन्टको आयोजना तथा व्यस्थापन मा तथा गीता एभिएशनको प्रस्तुति रहेको धरान म्युजिक फेस्ट २०८० ू लाई सम्पन्न गर्न टुबोर्ग, रुस्लान, डिभाइन वाइन्स, सौर्य एयरलाइन्स, इडेन एकेडेमी, युएन कलेज, रेडब्लु इनर्जी ड्रिंक, केन्द्र मोशन पिक्चर्स र एसपी इभेन्ट्सको बिशेष सहयोग रहेको थियो।  

DHARAN MUSIC FEST  (15) copy

DHARAN MUSIC FEST  (6) copy