धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी बैठक(का.स.) आज (बुधबार) बोलाए पनि कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की आफु नै विदामा बसेपछि बैठक बस्न सकेन । 

उक्त बैठकले शिक्षक कर्मचारीहरुको बढुवाको लागि अन्तर्वार्ता मिति तोक्नेबारे महत्वपुर्ण निर्णय गर्ने अपेक्षा गरिएको थियो । तर, बैठक बोलाएका उपकुलपति कार्कीले रेक्टर प्रा.डा.सञ्जिव शर्मालाई निमित्त दिएर विदामा बसे । जसले गर्दा आजको कार्यकारिणी बैठक हुन सकेन । बैठकबाट बढुवाको अन्तर्वार्ताबारे निर्णय हुने आशामा बसेका शिक्षक चिकित्सकहरु आक्रोशित भएका छन्, र आन्दोलनमा उत्रिएका छन् ।

bp andolan

शिक्षकहरु हिजो (मंगलबार) देखि नै आन्दोलित भइसकेका थिए । आजदेखि भने कर्मचारीहरु पनि आन्दोलित भएका छन् । शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले बुधबार संयुक्तरुपमा उपकुलपति डा.कार्की विभागीय प्रमुख रहेको कार्डियोलोजी विभागमा तालाबन्दी गरेर निषेध गरेको पम्प्लेट पनि टाँसेका छन् । यस्तै, उपकुलपति कार्यालयअघि पनि प्रा.डा.प्रह्लाद कार्कीलाई निषेध गरिएको ब्यानर टासेको शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहदम खानले जानकारी दिए । आन्दोलनको स्वरुपबारे पुनः बैठक बसेर निर्णय गर्ने पनि उनले बताए । 

उपकुलपति डा.कार्कीले का.स.बैठक बसेर अन्तर्वार्ताको मिति तोक्नुपर्ने एक सुत्रिय माग आफुहरुको रहेको शिक्षक तथा कर्मचारीहरुको रहेको छ । यसअघि गत कार्तिक २० गते मेयर हर्क साम्पाङ, राजनीतिक दलहरुको पहल र दबाबमा व्यवस्थापन पक्षसँग शिक्षक, कर्मचारीहरुको छुट्टा छुट्टै ४ बुँदे सहमति भएको थियो । उक्त सहमति अनुसार विधि, प्रक्रिया पुरा गरेर पुष १ गतेदेखि १५ गतेसम्म अन्तर्वार्ता गर्नुपर्ने थियो, तर पुष २५ गतेसम्म पनि सुचारु नभएपछि पुनः शिक्षक कर्मचारीहरु आन्दोलित भएका हुन् । 

भिडियो: