धरान : कार्यकारिणी बैठकमा शिक्षक, कर्मचारी बढुवाको अन्तर्वार्ताबारे सहमति जुट्न सकेन ।

सहमति नभएपछि कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की र स्वास्थ मन्त्रालयका प्रतिनिधि बैठकस्थलबाट बाहिरिएका थिए । बैठकमा का.मु.उपकुलपति कार्कीले अन्तर्वार्ता सूचारु गर्ने प्रस्ताव सिनेट बैठकमा पेश गर्ने अडान लिएपछि सहमति नजुटेको हो ।

बैठक निष्कर्षविहिन भएपछि आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजका अध्यक्ष क्रमशः डा.सेराज खान र कविता ढकालसङ्ग बाकी तीन पदाधिकारीले छ्लफल गरेका थिए । 

का.स.बैठकले निकास नदिएपछि अहिले धरानका राजनीतिक दलका नेताहरु बीपी प्रतिष्ठान पुगेका छन् । उनीहरूले पदाधिकारी, आन्दोलनरत शिक्षक र कर्मचारी समाजका अध्यक्षसङ्ग संयुक्त छलफल गरिरहेका छन् ।